कालेबुङ, 19 जुन, शिला शर्मा
भौगोलिक रूपमा दुर्गम मानिने कालेबुङको ३८ नम्बर समष्टिका लगभग एक दर्जन गाउँहरु केही दिनदेखि निरन्तर रूपमा परेको पानीको कारण रेसी खोलामा बनेको गोर्खे बैकल्पिक पुल भत्किएपछि कालापानी हुने खतरा बडेपछि यसलाई समाधान गर्न सासद राजु बिष्ट पछि जीटीए अध्यक्ष अनित थापाले सिक्किमको मुख्यमन्त्री प्रेमसिह गोले तामाङलाई पत्रचार गरेका छन भने पुल निर्माण नभएसम्म संबंधित गाउँहरुलाई जिल्ला मुख्यालय कालेबुङ लगायत देशको अन्य स्थानहरुमा जाने वाहनहरुको चलाचलमा अनुमति मागेका छन।

स्मरण रहोस् कालेबुङ जिल्लाको उक्त समष्टिका धेरैजसो गाउँहरुको देशको अन्य स्थानहरुसग सम्पर्क सिक्किम पसेर मात्र हुने भएको भए पनि कोबिट १९ को महामारीको शुरुआतमा सिक्किमले आफ्नो सुरक्षालाई मध्यनजर राख्दै आवातजावत बन्द गरेपछि यहाँका मानिसहरु सकटमा परेपछि बैकल्पिक रूपमा रेसी खोलामा कच्चा पुल निर्माण गरेको भए पनि पुल खोलाले बगाएकोले समस्या जटिल बनेको हो। अर्कोतिर उक्त स्थानमा पक्का पुल निर्माण गर्ने टेन्डरसमेत भएको तथा काम चाडै शुरूवात हुने भएको भए पनि पुल निर्माणमा समय लाग्ने भएकोले जीटीएको पक्षमा पत्रचार गरिएको हो।









































