HomeFeatureनेकपा सचिवालय बैठकमा अध्यक्ष ओलीद्वारा प्रचण्डको जवाफसहितको प्रस्ताव पेश

नेकपा सचिवालय बैठकमा अध्यक्ष ओलीद्वारा प्रचण्डको जवाफसहितको प्रस्ताव पेश

काठमाण्डौ, 28 नोभेम्बर 2020

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अधयक्ष केपी शर्मा ओलीले आफ्नो प्रस्ताव पेश गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको जवाफसहितकाे प्रस्ताव पेश गर्नुभएको हो । गत कात्तिक २८ गतेको बैठकमा प्रचण्डले पेश गर्नुभएको प्रस्ताव र सो प्रस्तावमा उठेका प्रश्नहरुको अध्यक्ष ओलीले जवाफ दिनुभएको छ । उहाँले पेश गर्नुभएको प्रस्ताव अध्ययनका लागि सचिवालय सदस्यहरुलाई वितरण गरिएको पार्टी प्रवक्त नारायणकाजी श्रेष्ठले बताउनुभयो । प्रवक्ता श्रेष्ठका अनुसार प्रस्ताव अध्ययन गरी छलफलका लागि अर्को बैठक मंसिर १६ गतेका लागि बोलाइएको छ । पार्टी कार्यालय धुम्बाराहीमा १६ गते दिउँसो एक बजे बस्ने बैठकले दुईअध्यक्षका प्रस्तावमाथि छलफल अगाडी बढाउने उहाँले बताउनुभयो ।

बैठकमा बोल्ने सचिवालय सदस्यहरुले पार्टीभित्र देखिएको समस्या र संकटहरुको समाधान गर्न छलफल गरी अगाडी बढ्नुपर्ने बताएका छन् । अध्यक्षद्वय ओली र प्रचण्ड तथा अन्य सचिवालय सदस्यहरुले पार्टीको एकता बलियो बनाउनुपर्ने विषयमा जोड दिनुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । उहाँले अहिलेको पार्टीभित्रको बहसल एकतामा विचलन पैदा हुने र पार्टी फुटको दिशातिर जाने ढंगले नसोच्न पनि आग्रह गर्नुभयो । उहँले भन्नुभयो, ‘‘यो छलफल र बहसले एकतामा विचलन पैदा हुने वा फुटको दिशामा जाने ढंगले सोच्नु पर्दैन । एकताको रक्षा र सुदृढिकरण गर्न अहिलेको छलफल र बहसको सदुपाये गर्नुपर्छ भन्ने सबैको विचार हो ।’’

नेकपाले स्थानीय कमिटी बैठक मंसिर १८ मा र केन्द्रीय कमिटी बैठक मंसिर २५ मा बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...