HomeFeatureनेजस उत्तर भारतद्वारा प्रदेश 5 का मुख्यमन्त्रीलाई ज्ञापन, नेपालीहरुलाई फिर्ता ल्याउन माग

नेजस उत्तर भारतद्वारा प्रदेश 5 का मुख्यमन्त्रीलाई ज्ञापन, नेपालीहरुलाई फिर्ता ल्याउन माग

नयाँ दिल्ली, 11 मई 2020

नेपाली जन सम्पर्क समिति उत्तर भारत क्षेत्रले भारतमा अलपत्र नेपालीहरूलाई नेपाल फर्काउन माग गर्दै प्रदेश नम्बर 5 का मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापन पत्र बुझाएको छ। नेजस उत्तर भारत क्षेत्रकी अध्यक्ष सुनिता जीसी कुँवरको नेतृत्वमा गएको टोलीले आज प्रदेश नम्बर 5 का मुख्यमन्त्री पोखरेललाई भेटेर भारतमा बिचल्लीमा परेका नेपालीहरूको तत्काल समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको हो।

कोरोना महामारीका कारण गरिएको लकडाउनले भारतमा समस्यामा परेका नेपालीहरू हिडेरै सीमासम्म आएको भन्दै उनिहरूलाई सीमा क्षेत्रमा खाना र बस्न समस्या भएको उल्लेख गर्दै तत्काल नेपाल फिर्ता गर्न नसकिने भए, सोही स्थानमा गासबास तथा स्वास्थ्य परीक्षणको व्यवस्थापन गर्न अपील गरेको छ। भारतमा रहेका तीर्थ यात्रीहरू, विद्यार्थीहरू र मजदुरहरू लामो समयदेखि अलपत्र परेको अवस्थामा भारतस्थित नेपाली दूतावासको उपस्थिति पनि फितलो रहेको विज्ञप्तिमा भनिएको छ। नेपाल सरकारले नेपालीहरूको जीवन रक्षाका लागि भारत सरकारसँग समन्वय गरिएको भनिएपनि त्यसको पालना नभएको विज्ञप्तिमा उल्लेख छ।

भारतमा रहेका नेपालीहरू नेपाल सरकारको मापदण्ड अनुसार क्वारेन्टिनमा बसेर स्वास्थ्य परीक्षण गराएपछि घर फर्कन तयार रहेको हुँदा उनिहरूलाई स्वदेश फर्कनबाट बन्चित नगर्न पनि नेजस उत्तर भारत क्षेत्रले आग्रह गरेको छ।

यसअघि नेजस उत्तर भारत क्षेत्रले भारतमा अलपत्र नेपालीहरूलाई स्वदेश फर्काउन माग गर्दै सूदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन बुझाएको थियो।

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...