HomeFeatureभारतलगायत विदेशमा अलपत्र नेपालीको उद्धार गर्न सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण

भारतलगायत विदेशमा अलपत्र नेपालीको उद्धार गर्न सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण

काठमाण्डौँ, 12 मई 2020

सांसदहरुले कोरोना भाइरसको परीक्षणका लागि विभिन्न स्थानमा स्वास्थ्य सामाग्री अभाव भएको तथा  लकडाउनले सर्वसाधरणको दैनिकी कष्टकर भएकोतर्फ सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकको सुन्य समयमा बोल्दै सांसदहरुले विभिन्न स्थानमा अझै पनि आवश्यक स्वास्थ्य सामाग्री पुग्न नसकेको तर्फ सरकारको ध्यानाकर्षण गराएका हुन्। साथै उनिहरुले भारतलगायत विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्न र कृषि उपजको बजार व्यवस्थापन  प्रभावकारी बनाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद टेक बहादुर बस्नेतले सल्यानमा स्वास्थ्य परीक्षणको काम रोकिएको भन्दै तत्काल सुरु गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो।

सांसद दल बहादुर लामाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पाल्पा जिल्ला प्रशासन कार्यालयले माग गरे बमोजिमको सामाग्री तत्काल पठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो।

सांसद तेजुलाल चौधरीले कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनले निम्त्याएको समस्यामा सरकार भएको महसुस सर्वसाधरणले गर्न नसकेको आरोप लगाउनुभयो।

सांसद डिला संग्रौला पन्तले कोरोनाभन्दा पहिला नै विदेशमा रोजगारीका क्रममा मृत्यु भएकाको शब ल्याउन नपाएको तथा विदेशमा अलपत्र परेका र भारतीय सिमामा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याई क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन माग गर्नुभयो।

सांसद दामोदर भण्डारी र दिल कुमारीले विदेशमा अलपत्र परेका नेपालीलाई यथासिघ्र स्वदेश ल्याउने व्यवस्था मिलाउन माग गर्नुभयो।

सांसद दिपक प्रसाद भट्टले भारतमा काम गर्न गएका लाखौ नेपाली संकटमा रहेको भन्दै उनिहरुको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।

सांसद दिलेन्द्र प्रसाद बढूले चालु अधिवेशनको सुरु देखि नै प्रधानमन्त्री बैठकमा अनुपस्थित भएको भन्दै सो को कारण संसदलाई जानकारी गराउन माग गर्नुभयो।

सांसद दुर्गा पौडेलले लकडाउनका कारण किसानहरु बढी मर्कामा परेको भन्दै किसानको मनस्थिति खस्कन नदिन बजार व्यवस्थापनको साथै अनुदानको व्यवस्था मिलाउन माग गर्नुभयो।

सांसद देव प्रसाद तिमिल्सिनाले 2077 बैशाख 5 गते आँधी हुरी र असिनाबाट रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर 6,7,8,9 र 10 र गढीमाई नगरपालिकाका केही वडाहरुका हजारौ विगाहामा लगाएको खेतिपाती नष्ट भएकाले तत्काल तत्काल राहतको व्यवस्था मिलाउन सरकारसंग माग गर्नुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...