नयाँ दिल्ली, 20 अप्रेल
नेजस भारतले भारतका विभिन्न भागमा अलपत्र परेका नेपालीहरुलाई खाद्यान्न सहयोग गरिरहेको छ । आज महाराष्ट्रको अन्धेरी पूर्वस्थित MIDC मा अलपत्र परेका 10 जनालाई खाद्यन्न्न सहयोग गरिएको छ । नेपाली जनसंम्पर्क समिति पश्चिम क्षेत्र भारतमा पर्ने शाखा, तरुण दल, नेपाल दलित संघ भारतद्वारा संयुक्त रुपमा निर्माण गरिएको राहत कोष मार्फत उनिहरुलाई सहयोग गरिएको हो ।

त्यसैगरि आजै नेजस भारतका अध्यक्ष एवम नेपाली काङ्ग्रेसका केन्द्रीय आमन्त्रित सदस्यको पहल र दक्षिण भारत क्षेत्रका माहासचिव बिमलराज बिष्टको समन्वयमा बेङलोरको मारतली क्षेत्रमा रहेको नयाँ विल्डिङ भन्ने स्थानमा 5 नेपाली मजदुरहरुलाई खाद्यान्न वितरण गरिएको छ । नेजस मारतली शाखा अध्यक्ष माधवराज खडायतले त्यहाँ पुगेर उनिहरुलाई मास्क र खाद्यान्न वितरण गर्नुभएको हो । नेजस भारतका केन्द्रीय उपाध्यक्ष (रूपेश) के बी कुँवर, नेजस पश्चिम भारत क्षेत्रका पूर्व वरिष्ठ उपाध्यक्ष उदयराज खड्का र नेजस पश्चिम भारत क्षेत्र अन्तर्गत जोगेश्वरी शाखाका सचिव बिनोद कोईरालाको सहभागीतामा 10 घरपरिवारलाई पनि खाद्यान्न वितरण गरिएको छ ।









































