काठमाडौं,29 जुलाई 2020
बुधबार नेपालमा कोरोना भाइरस (कोभिड—१९) का २ सय १० जना थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३७ वटा पीसीआर परीक्षणमा २ सय १० जनामा पोजेटिभ देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको छ। जसमा १४ हजार २१ जना संक्रमित निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो। बुधबार मात्रै १ सय ४६ जना डिस्चार्ज भएका छन। प्रदेश नम्बर १ मा ७ सय ८९, प्रदेश नम्बर २ मा ३ हजार १८, बागमती प्रदेशमा ५ सय १८ र गण्डकी प्रदेशमा १ हजार २ सय २७ जना डिस्चार्ज भएका छन। यस्तै प्रदेश नम्बर ५ मा ३ हजार ९ सय १०, कर्णाली प्रदेशमा १ हजार ६ सय ८६ र सुदूरपश्चिम प्रदेशमा २ हजार ८ सय ७३ जना डिस्चार्ज भएका छन। आजसम्म पीसीआर विधिबाट ३ लाख ५८ हजार ३ सय ४४ जनाको कारोना परीक्षण भएको छ। देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार २ सय ३ जना उपचाररत रहेका छन। जसमा प्रदेश नम्बर १ मा २ सय २६, प्रदेश नम्बर २ मा १ हजार ९ सय ८२, बागमती प्रदेशमा ४ सय ८३ र गण्डकी प्रदेशमा २ सय ८८ जना आइसोलेसनमा उपचाररत रहेका छन। यस्तै प्रदेश नम्बर ५ मा ४ सय १, कर्णाली प्रदेशमा ३ सय २ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय २१ जना आइसोलेसनमा रहेको प्रवक्ता डा. गौतमले बताउनुभयो। देशभरीका क्वारेन्टिनमा १४ हजार ४ सय ७१ जना रहेका छन। नेपालमा कोरोना संक्रमणबाट ४९ जनाको मृत्यु भएको छ।









































