HomeFeatureरोजगारदाताले श्रमिकहरुलाई लकडाउन अवधिको तलब दिने सहमति

रोजगारदाताले श्रमिकहरुलाई लकडाउन अवधिको तलब दिने सहमति

काठमाण्डौ, 29 जुलाई 2020

रोजगारदाता संस्थाहरु र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रबीच लकडाउन अवधिमा श्रमिकहरुको तलब भुक्तानीका बारेमा सहमति भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल नेम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ लगायतका रोजगारदाता संस्था र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रआवद्ध ट्रेड युनियन महासंघहरुबीच लकडाउन अवधिको तलब भुक्तानीका विषयमा सहमति भएको हो । रोगजारदाता परिषदका सभापति (उपाध्यक्ष नेपाल उद्योग बाणिज्य महासंघ) चन्द्र प्रसाद ढकालका अनुसार लक डाउनको समयमा चैत महिनाको पुरै तलब दिने तथा बैशाख महिनाको लागि ५० प्रतिशत भुक्तानी दिने सहमति भएको छ । यस्तै जेठ महिनाको हकमा लकडाउनका कारण काममा उपस्थित हुन नसकेकालाई श्रमिकलाई पनि ५० प्रतिशत भुक्तानी गर्ने सहमति बनेको छ ।

संयुक्त ट्रेड समन्वय केन्द्रका अध्यक्ष पुष्कर आचार्यले कुनै पनि श्रमिकलाई लक डाउनको बाहानामा कामबाट ननिकाल्ने र पालैपालो काम दिएर समानुपातिक ढंगले पारिश्रमिक दिने समझादारी भएको बताउनुभयो । काम गर्न आउने श्रमिक कर्मचारीलाई कार्यस्थलसम्म आउने वातावरण सरकार वा रोजगारदाताले गर्नुपर्ने सहमति भएको उहाँले बताउनुभयो ।

यसैगरी लक डाउनको अवधिमा बन्द रहेका उद्योग संचालन गर्ने क्रममा सम्पूर्ण उद्योग प्रतिष्ठानहरुले कर्मचारीको स्वास्थ्य सुरक्षाको लागि आवश्यक व्यवस्था मिलाउने सहमति पनि भएको छ । उद्योग व्यवसायको प्रकृति र अवस्थ अनुसार उद्योग प्रतिष्ठानको सहज सञ्चालन, लक डाउन अवधिको पारिश्रमिक भुक्तानी र श्रमिकलाई आलोपालो गरी काममा लगाउने लगायतका विषयमा सम्बन्धित वस्तुगत संघ र सो क्षेत्रसँग सम्बन्धित उद्योग प्रतिठानका रोजगारदाता र प्रतिष्ठान स्तरका ट्रेड युनियनहरुले पनि आपसी छलफल गरी सहमति गर्ने समझदारी भएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...