HomeFeatureनेपालमा कोभिड-१९ बाट थप ११ जनाको मृत्यु, योसँगै ज्यान गुमाउनेको संख्या २...

नेपालमा कोभिड-१९ बाट थप ११ जनाको मृत्यु, योसँगै ज्यान गुमाउनेको संख्या २ सय ३९ पुग्यो

काठमाडौं,1 सेप्टेम्बर 2020

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट एक चार वर्षिया बालिका सहित थप ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक ४ वर्षिया बालिका र १० जना पुरुषको कोरोनाबाट मृत्यु भएको छ । पर्सामा ३ तथा काठमाडौं र महोत्तरीमा २-२ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो। पर्सामा ५३, ८० र ६० वर्षिय पुरुषको मृत्यु भएको हो। यस्तै महोत्तरीमा ४ वर्षिया बालिका र ३७ पुरुष तथा काठमाडौंमा काठमाडौं ७० र ३५ वर्षिय पुरुषको मृत्यु भएको हो । यसैगरी सिरहामा ६५ वर्षिय, बारामा ६० वर्षिय, चितवनमा ५२ वर्षिय र मकवानपुरमा ५८ वर्षिय पुरुषको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ।

आज १ हजार ६९ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा ३ सय ९३, भक्तपुरमा ३० र ललितपुरमा ५८ जनामा संक्रमण देखिएको छ । पीसीआर विधिबाट १२ हजार ८८ वटा परीक्षण भएकोमा आज ३ सय ४४ महिला र ७ सय २५ पुरुषमा संक्रमण देखिएको हो । देशभरी आजसम्म ४० हजार ५ सय २९ जनामा संक्रमण देखिएको छ। आज देशभरी सक्रिय संक्रमित १८ हजार १ सय १२ जना रहेका छन । प्रदेश नम्बर १ मा १ हजार २ सय ८६, प्रदेश नम्बर २ मा १ हजार ५ सय १६, बागमती प्रदेशमा ४ हजार ९ सय ६ र गण्डकी प्रदेशमा ५ सय ७५ जना संस्थागत आइसोलेसनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय ९३, कर्णाली प्रदेशमा ३ सय ५९ र सुदूरपश्चिम प्रदेशमा ८ सय ९७ जना गरी संस्थागत आइसोलेसनमा १० हजार ८ सय ३२ जना उपचाररत रहेका छन ।

प्रदेश नम्बर १ मा ५ सय ४४, प्रदेश नम्बर २ मा ४ हजार ९१, बागमती प्रदेशमा २ हजार १ सय ६ र गण्डकी प्रदेशमा ३८ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ३ सय २३, कर्णाली प्रदेशमा ४५ र सुदूरपश्चिम प्रदेशमा १ सय ३३ जना गरी देशभरी होम आइसोलेसनमा ७ हजार २ सय ८० जना रहेका छन । प्रदेश नम्बर १ मा ४ जना, प्रदेश नम्बर २ मा २९ जना, बागमती प्रदेशमा ७५ जना, गण्डकी प्रदेशमा ६ जना र प्रदेश नम्बर ५ मा १३ गरी देशभरी १ सय २७ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन। यस्तै बागमती १४ जना र प्रदेश नम्बर ५ मा ३ जना गरी १७ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन । ७ सय ६८ जना संक्रमित आज डिस्चार्ज भएका छन । प्रदेश नम्बर १ मा १ हजार ६ सय २५, प्रदेश नम्बर २ मा ५ हजार ३ सय ९७, बागमती प्रदेशमा १ हजार ३ सय ३६ र गण्डकी प्रदेशमा १ हजार ७ सय ८ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ५ हजार २३, कर्णाली प्रदेशमा २ हजार १ सय १ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ९ सय ८८ जना गरी २२ हजार १ सय ७८ जना संक्रमण मुक्त भएका छन । क्वारेन्टिनमा ७ हजार ३ सय ९० जना रहेका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...