HomeFeatureनेपालमा कोरोनाका कारण एक शिशुको मृत्यु, ज्यान गुमाउनेको संख्या 31 पुग्यो

नेपालमा कोरोनाका कारण एक शिशुको मृत्यु, ज्यान गुमाउनेको संख्या 31 पुग्यो

काठमाण्डौ, 2 जुलाई 2020

नेपालमा कोरोना संक्रमणबाट ४९ दिनका एक शिशुको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक शिशुको २०७७ असार १७ गते साँझ ४ बजे मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले म्याग्दी जिल्ला धौलागिरी नगरपालिका वडा नम्बर चारका ४९ महिनाको शिशुको उपचारको क्रममा मृत्यु भएको बताउनुभयो । उनको असार ९ गतेदेखि त्रिवि शिक्षण अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको र पहिलो चरणको डायलासिस समेत भएको प्रवक्ता गौतमले बताउनुभयो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ७३ जनामा व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै हालसम्म संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ । जसमध्ये १ हजार ८ सय ८३ महिला र १२ हजार ६ सय ३६ पुरुष रहेका छन् ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ३७ पीसीआर परीक्षण भएको छ । हाल सम्म कुल २ लाख ३७ हजार ७ सय ६४ पीसीआर परिक्षण भएको छ । देशभर रहेका विभिन्न क्वारेन्टाइनमा ३८ हजार १ सय ९ जना व्यक्ति रहेका छन् । हाल सम्म निको हुने संक्रमितको संख्या ५ हजार ३ सय २० पुगेको छ । सरकारले पीसीआर परीक्षणलाई बढाउन थप २ वटा पीसीआर परीक्षण गर्न सक्ने प्रयोगशाला थप गरेको छ । यससँगै कुल २५ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण हुने छ । हालसम्म प्रदेश १ मा ६ सय ३६ जना, प्रदेश २ मा ३ हजार ९ सय ९ जना, बागमती प्रदेशमा ५ सय ५ जना, गण्डकी प्रदेशमा १ हजार ८४ जना, प्रदेश ५ मा ३ हजार ८ सय ५३, कर्णाली प्रदेशमा १ हजार ५ सय १२ जना र सूदुरपश्चिम प्रदेशमा ३ हजार २० जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...