काठमाडौं, 23 जुलाई 2020
नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार मृत्यु हुनेमा वीरगञ्ज माइस्थानका ७० वर्षिय वृद्ध रहेका छन। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स्वास प्रस्वासमा समस्या आएपनि उनी नारायणी अस्पताल भर्ना भएका थिए। उपचारकै क्रममा उनको साउन ७ गते मृत्यु भएको हो। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ। बिहीबार पीसीआर विधिबाट ३ हजार ४ सय ८१ जना नमुना परीक्षण भएका छन् ।
जसमा १ सय ४७ जनामा कोरोना पोजेटिभ देखिएको छ । अहिले देशका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ३ सय ५८ जना संक्रमित उपचाररत रहेका छन। बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ। बिहीबार १ सय ५६ जना गरी अहिलेसम्म १२ हजार ८ सय ४० जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन। अहिले देशभरीका क्वारेन्टिनहरुमा २० हजार ९८ जना रहेका छन।









































