काठमाडौं, 27 अगस्त 2020
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ महिला र ३ जना पुरुष गरी ८ जनाको मृत्यु भएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्सा, कपिलवस्तु, काठमाडौं, ललितपुर, बारा, कास्की, रुपन्देही र बाँकेमा १-१ जनाको मृत्यु भएको छ। ललितपुरमा ६५ वर्षिया, बारामा २३ वर्षिया, कास्कीमा ३२ वर्षिया, रुपन्देही र बाँकेमा ७० वर्षिया गरी ५ जना महिलाको कोरोनाबाट मृत्यु भएको हो। यस्तै काठमाडौंमा ४८ वर्षिय, पर्सामा ६२ र कपिलवस्तुमा ५० वर्षिय गरी ३ जना पुरुषको मृत्यु भएको हो। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ८३ पुगेको छ। आज १ हजार १ सय ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन। १२ हजार ६ सय २९ वटा परीक्षणमा ३ सय ३४ महिला र ७ सय ७७ जना पुरुषमा संक्रमण देखिएको हो। आजसम्म संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ।
आज देशभरी सक्रिय संक्रमित संख्या १५ हजार २ सय ७३ जना रहेको छ । प्रदेश नम्बर १ मा १ हजार १ सय ३५, प्रदेश नम्बर २ मा १ हजार ८ सय १८, बागमती प्रदेशमा ३ हजार ५ सय ३ र गण्डकी प्रदेशमा ४ सय ११ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन। यस्तै प्रदेश नम्बर ५ मा ९ सय ८३, कर्णाली प्रदेशमा ३ सय ७२ र सुदूरपश्चिम प्रदेशमा ८ सय ४१ गरी देशभरी ९ हजार ६३ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन । यसैगरी प्रदेश नम्बर १ मा ३ सय ७७, प्रदेश नम्बर २ मा ३ हजार ८ सय ४, बागमती प्रदेशमा १ हजार ५ सय २८ र गण्डकी प्रदेशमा १८ जना होम आइसोलेसनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ सय ७, कर्णाली प्रदेशमा २७ र सुदूरपश्चिम प्रदेशमा ४९ जना गरी देशभरी ६ हजार २ सय १० जना संक्रमित होम आइसोलेसनमा रहेका छन ।
आज प्रदेश नम्बर १ मा मा ११ जना, प्रदेश नम्बर २ मा ४४ जना, बागमती प्रदेशमा ७१, गण्डकी प्रदेशमा ३ र प्रदेश नम्बर ५ मा १८ जना आइसियुमा उपचाररत रहेका छन । यसैगरी प्रदेश नम्बर १ मा २ र बागमती प्रदेशमा १५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन । आज ५ सय ६९ जना डिस्चार्ज भएका छन । आजसम्म प्रदेश नम्बर १ मा १ हजार ४ सय ९१, प्रदेश नम्बर २ मा ४ हजार ४ सय ५८, बागमती प्रदेशमा ९ सय ४६ र गण्डकी प्रदेशमा १ हजार ६ सय ७० जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ७ सय २, कर्णाली प्रदेशमा २ हजार २५ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ७ सय ८१ गरी देशभरी २० हजार ७३ जना संक्रमित निको भएर घर फर्किएका छन। आज देशभरीका क्वारेन्टिनमा ९ हजार ४ सय ४८ जना रहेका छन । प्रदेश नम्बर १ मा ९ सय २, प्रदेश नम्बर २ मा ९ सय २३, बागमती प्रदेशमा ७ सय ५४ र गण्डकी प्रदेशमा २ हजार ३ सय ६६ जना रहेका छन । प्रदेश नम्बर ५ मा १ हजार ६, कर्णाली प्रदेशमा ५ सय १ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ३६ जा क्वारेन्टिनमा रहेका छन।









































