HomeFeatureसरकारद्वारा सामान्य लक्षण भएका कोरोना संक्रमितलाई डिस्चार्ज गर्ने निर्णय गलत भएको जनस्वास्थ्य...

सरकारद्वारा सामान्य लक्षण भएका कोरोना संक्रमितलाई डिस्चार्ज गर्ने निर्णय गलत भएको जनस्वास्थ्य विज्ञहरुको धारणा

काठमाडौं, 27 अगस्त 2020

लक्षण नभएका र सामान्य लक्षण भएका कोरोना संक्रमितलाई डिस्चार्ज गर्ने सरकारी निर्णय गलत भएको जनस्वास्थ्य विज्ञहरुले बताएका छन। परीक्षणलाई नजरअन्दाज गर्दा संक्रमितले अरुलाई सार्ने सम्भावना बढी हुने भएकाले सरकारको निर्णय पूर्ण रुपमा गलत भएको जनस्वास्थ्यविज्ञहरुको भनाई छ। संक्रमितको १० दिनपछि परीक्षण गर्नु ठिकै भएपनि सामान्य लक्षण भएका र लक्षण नभएका विरामीलाई १४ दिनपछि परीक्षण बिना घर पठाउनु नेपालको परिवेशमा सही नभएको जनस्वास्थ्य विज्ञ डा. समिरमणि दीक्षितको भनाई छ। पहिलो पटक कोरोना देखिएको चीनमा समेत ३० दिनसम्म पनि भाइरस निष्कृय नभएको परिवेशमा नेपालमा १४ दिनमा विना परीक्षण छोड्ने निर्णय पूर्ण रुपमा लगत भएको उहाँले बताउनुभयो ।

यता सरकारले भने विश्व स्वास्थ्य संगठनले १० दिनपछि कुनै पनि संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण हुदैन भन्ने तथ्यहरु पेश गरेर निर्देशिका बनाएपछि सोही अनुसार निर्णय गरिएको बताएको छ। मन्त्रालयका सहायक प्रवक्ता डा. समिर कुमार अधिकारीले डब्ल्यूएचओको निर्देशिकालाई आधार बनाएर मन्त्रालयले आफ्नो निर्देशिकाहरु परिमार्जन गरिएको बताउनुभयो। लक्षण नभएका व्यक्तिको हकमा १४ दिनपछि परीक्षण नगरी घर पठाउँदा कुनै समस्या नहुने उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘लक्षण नभएको व्यक्तिको हकमा १४ दिनपछि परीक्षण नगरी घर पठाउँदा कुनै समस्या हुँदैन । अरु व्यक्तिलाई संक्रमण हुने सम्भावना हुँदैन । तथ्यहरुले १० दिनपछि संक्रमण हुँदैन भन्छ तर हामीले ४ दिन थपेको अवस्था हो । लक्षण छन भनेपनि लक्षण हराएको ३ दिनपछि संक्रमण फैलिने सम्भावना हुँदैन । परीक्षण भनेको संक्रमणको चक्रलाई रोक्न हो ।’’

जनस्वास्थ्य विज्ञ दीक्षितले उहाँको भनाईमा असहमति जनाउनुभेको छ। तराईका जिल्लाहरुमा क्वारेन्टिनबाट परीक्षण नगरी घर पठाउँदा अहिलेको अवस्था आएको उल्लेख गर्दै उहाँले १५ दिनपछि पोजेटिभ हुँदैन भन्ने सोचले उपत्यकामा तराइको जस्तो अवस्था देशभरी हुने चेतावनी दिनुभयो। नेपालको परिवेशमा कुनै अनुसन्धान नै नगरी १५ दिनमा भाइरस शरीरमा रहँदैन भन्न नमिल्ने उहाँले बताउनुभयो। सरकारले पैसा र बेड बचाउनका लागि गरेको निर्णयले भोली हजारौँ बेड थपिने अवस्था आउन सक्ने चेतावनी उहाँले दिनुभयो।

उहाँले भन्नुभयो, ‘‘१५ दिनपछि पोजेटिभ हुँदैन भन्ने सोच्न थाल्यौ भने काठमाडौं र तराईका जिल्लाको जस्तै अवस्था देशभरी हुन्छ। अनुसन्धान नै नगरी १५ दिनमा भाइरस जीउबाट गएको भन्न मिल्दैन। बेड बचाउन र पैसा बचाउन गर्न खोज्या होला तर एउटा बेड बचाउन गरिएको निर्णयले भोली हजारौँ बेड थपिने अवस्था आउन सक्छ ।’’

अर्का जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे पनि परीक्षण नगरी संक्रमितलाई डिस्चार्ज गर्न उपयुक्त नहुने बताउनुहुन्छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको आपतकालिन स्वास्थ्य कार्यसञ्चालन केन्द्रले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालय र देशभरीका कोभिड अस्पताललाई पत्राचार गरी १० दिनमा पीसीआर गरी पोजेटिभ आएमा लक्षण नभएका र सामान्य लक्षण भएका संक्रमितलाई थप ४ दिन राखेर परीक्षण नै नगरी डिस्चार्ज गर्न भनेको थियो । १४ दिनपछि डिस्चार्ज नगरिए सरकारले सोधभर्ना नव्यहोर्ने चेतावनी सहित मन्त्रालयले कोभिड अस्पताल र प्रदेश सामाजिक विकास मन्त्रालयहरुलाई पत्राचार गरेको हो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...