HomeFeatureनेपालमा कोरोना भाइरस बाट थप १६ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ४...

नेपालमा कोरोना भाइरस बाट थप १६ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ४ सय २७ पुग्यो

काठमाण्डौ, 21 सेप्टेम्बर 2020

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप १६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र १३ पुरुष जनाको कोरोनाबाट मृत्यु भएको हो। मन्त्रालयका अनुसार झापामा ७२, सुनसरीमा ४९, पर्सामा ८८, भक्तपुरमा ८४ र ६२ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै काठमाडौंमा ५८ र ७३ वर्षिय, मकवानपुरमा ६८, ललितपुरमा ६१, चितवनमा ५५, रुपन्देहीमा ६७, बाँकेमा ५० र ५९ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । यस्तै मकवानपुरमा १७, ललितपुरमा ५८ र दोलखामा ५२ वर्षिया महिलाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय २७ पुगेको छ ।

आज १ हजार १ सय ५४ जनामा संक्रमण देखिएको छ । ९ हजार ५ सय ३३ पीसीआर परीक्षण भएकोमा ४ सय १८ महिला र ७ सय ३६ जना पुरुषमा संक्रमण देखिएको छ । काठमाडौंमा ५ सय ३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जनामा संक्रमण देखिएको छ । आज देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ११ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा २ सय ६९, प्रदेश नम्बर २ मा ८ सय २५, बागमती प्रदेशमा ५ हजार २ सय १८ र गण्डकी प्रदेशमा ६ सय ५४ जना संक्रमित रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय १७, कर्णाली प्रदेशमा २ सय ८९ र सुदूरपश्चिम प्रदेशमा ४ सय ४९ गरी देशभरी संस्थागत आइसोलेसनमा ८ हजार ९ सय २१ जना रहेका छन ।

होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ३ सय १५, प्रदेश नम्बर २ मा ९ सय ९८, बागमती प्रदेशमा ४ हजा ९ सय ६१ र गण्डकी प्रदेशमा २ सय ८६ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ७ सय ५९, कर्णाली प्रदेशमा १ सय ८३ र सुदूरपश्चिम प्रदेशमा १ सय ८८ गरी देशभरी ८ हजार ६ सय ९० जना होम आइसोलेसनमा रहेका छन । आज आइसियुमा १ सय ९६ र भेन्टिलेटरमा ३१ जना उपचाररत रहेका छन ।

आज देशभरी १ हजार ५ जना संक्रमित डिस्चार्ज भएका छन । प्रदेश नम्बर १ मा ४ हजार २ सय ३७, प्रदेश नम्बर २ मा १२ हजार ३ सय ८९, बागमती प्रदेशमा ११ हजार ३ सय ९६ र गण्डकी प्रदेशमा २ हजार ७ सय ९५ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ७ हजार ४ सय ३७, कर्णाली प्रदेशमा २ हजार ७ सय ३० र सुदूरपश्चिम प्रदेशमा ६ हजार २ सय ५४ गरी आजसम्म ४७ हजार २ सय ३८ जना संक्रमित डिस्चार्ज भएका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...