काठमाण्डौँ, 11 मे 2020
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या 121 पुगेको छ। सोमबार थप 11 जनामा कोभिड-19 संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको कुल संख्या 121 पुगेको स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले जनाएको छ।
यसैबीच कोरोना संक्रमित पुष्टि भएर उपचारपछि निको हुनेको संख्या 33 पुगेको छ। अहिले नेपालमा 88 जना संक्रमितहरूको देशका विभिन्न अस्तपालमा उपचार भइरहेको छ। नेपालमा 89 जना पुरुष कोरोना संक्रमित भएका छन् भने महिला संक्रमितको संख्या 32 रहेको छ।
आज संक्रमित हुने 11 जनामा कपिलवस्तुका 10 जना र सप्तरीका 1 जना छन्। उनिहरू सबैको उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ।









































