HomeFeatureभारतलगायत विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउने बारे गगन थापाद्वारा संसदमा जरुरी सार्वजनिक...

भारतलगायत विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउने बारे गगन थापाद्वारा संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाण्डौँ, 11 मे 2020

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद गगन थापाले भारत लगायत विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउने बारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नुभएको छ। ‘कोरोना महाव्याधीबाट प्रभावित विभिन्न देशमा अफ्ठ्यारोमा परेका नेपालीहरुलाई तत्काल सुरक्षित रुपमा स्वदेश फिर्ताको व्यवस्था गर्न’ शीर्षकको प्रस्ताव थापाले सोमबार संसद सचिवालयमा दर्ता गराउनु भएको हो।

‘नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुकहरू भारत, मलेसिया, साउदी अरब, कतार, युएई बहराइन, ओमनलगायतका देशहरूमा कोरोना महामारी बढ्दै गएको अवस्था छ। यो अवस्थामा आफ्नो स्वास्थ्य र सुरक्षाका लागि श्रमिकहरू समेत स्वदेश फर्कन खोजेका छन् भने रोजगारदाता देशहरूले समेत स्वदेश फिर्ताका लागि प्रेरित गरिरहेको अवस्था छ। अध्ययनहरू अनुसार ती देशहरूमा रोजगारदताले कयौं श्रमिकलाई बिना पूर्वजानकारी कामबाट निकाल्ने, करार टर्मिनेट गर्ने, बेतलबी बिदामा जान दबाब दिने, पारीश्रमिक नदिने वा दिएमा पनि पूरै नदिने गरेको पाइएको छ,’ प्रस्तावमा भनिएको छ, ‘कयौं श्रमिकहरुले खान नपाएका, पारिश्रमिक नदिइएकाहरु आफूसँग भएको रकम सकिएपश्चात् खाद्यान्न र अत्यावश्यक सामाग्री समेत किन्न नसक्ने अवस्थामा पुगेका घटनाहरू सार्वजनिक भइरहेका छन्। रोजगारी गुमाउने क्रम बढ्दै गएको छ।’

यसकारण अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश ल्याउनु पर्ने भन्दै प्रस्ताव दर्ता गराइएको छ। सांसद डिला संग्रौला र प्रकाश रसाइलीले समर्थन गरेको प्रस्तावमा यस विषयमा संसदमा छलफल गरि सरकारलाई निर्देशन र सुझाव दिन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...