नयाँ दिल्ली डेस्क, 21 अप्रेल
नेपाली जनसम्पर्क समिति पश्चिम भारत क्षेत्र पुणेले भारतको पश्चिमी राज्य महाराष्ट्रको पुणे शहरमा रहेका नेपाली नागरिकहरूलाई राहत वितरण गरेको छ। नेजस भारतका पूर्व केद्रीय अध्यक्ष महेन्द्र शर्मा, केन्द्रीय कोषाध्यक्ष विराट श्रेष्ठ, क्षेत्र तथा शाखाका पदाधिकारीहरूको संयुक्त पहलमा चार पटक गरी पुणेका विभिन्न स्थानहरूमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको चपेटामा परेका नेपाली नागरिकहरूलाई खाद्यान्न वितरण गरिएको हो। समितिले 80 जनाका लागि 150 किलो चामल, 20 किलो दाल, 10 लिटर तेल, साथै नुन-मसला लगायत खाद्य सामग्री वितरण गरेको छ।

पहिलो पटक, नेजस पश्चिम भारत क्षेत्र पुणेका उपाध्यक्ष मान बहादुर खत्री, छेत्रीय सह-कोषाध्यक्ष धिरेन्द्र शाहि, सदस्य अमर तिरुवा, आमन्त्रित सदस्य हरिष रावल तथा सेती महाकाली टूर एण्ड ट्रावल्सका सन्चालक ईन्द्र धामिद्वारा आकुर्डी पुणेमा समस्यामा परेका 12 जना नेपाली नागरिकलाई 50 केजी चामल, 6 किलो दाल, 2 किलो नुन, 2 लिटर तेल, मसला र तरकारी वितरण गरिएको छ।

दोस्रो पटक, नेपाली जनसम्पर्क समिति पश्चिम भारत छेत्र पुणेका पुर्व केन्द्रीय अध्यक्ष महेन्द्र शर्मा भुसाल, क्षेत्रीय सदस्य अमर तिरुवा, पिम्प्री चिन्चवड शाखा अध्यक्ष हरिष रावल, नयाँ शाखा एम.आई.डी.सी. भोसरीका अध्यक्ष प्रमोद तिखात्रीको टोलीले पुणेस्थित महात्मा फुलेनगरमा बस्ने नेपाली नागरिकहरूलाई 25 किलो चामल, 4 किलो दाल, तेल, नुन, मरमसला वितरण गरेको छ।

तेस्रो पटक, नेपाली जनसम्पर्क समिति पश्चिम भारत क्षेत्रका उपाध्यक्ष मान बहादुर खत्री, सह-कोषाध्यक्ष धिरेन्द्र शाही सदस्य अमर तिरुवा, छेत्रीय आमन्त्रित सदस्य हरिष रावल र आमन्त्रित सदस्य ईन्द्र धामीको पहलमा पुणेस्थित मोरे बस्ति साने चोकमा अलपत्र परेका नेपालीहरूलाई खाद्यान्न लगायत अत्यावश्यकिय राहत सामग्री वितरण गरिएको छ।

त्यसैगरी चौथो पटक, नेपाली जनसम्पर्क समिति पश्चिम भारतका केन्द्रीय कोषाध्यक्ष बिराट श्रेष्ठले महाराष्ट्र हिंजवडीमा बसोबास गर्ने नेपाली नागरिकहरूलाई खाद्यान्न सहयोग गरिएको छ।









































