काठमाडौ, 20 जुलाई 2020
नेपाल सरकारले आगामी भदौ 1 गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुल्ला गर्ने निर्णय गरेको हो ।
उडान सम्बन्धी आवश्यक तयारी तथा प्रोटोकललाई ख्याल गर्दै आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुला गर्ने निर्णय भएको जनाइएको छ ।
उडान सम्बन्धी आवश्यक तयारी तथा प्रोटोकल (कार्यविधि) भने मन्त्रालयले तयार पार्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताउनुभएको छ । कोरोना महामारी फैलिएपछि गत चैतदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यवसायिक उडान बन्द रहेको छ । कोरोनाको जोखिम बढ्ने देखेपछि सरकारले सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो। आवश्यक तयारी गरेर उडान शुरु गर्ने निर्णय भएसँगै लामो समयदेखि बन्द भएको हवाई यातायात समेत खुल्ला हुने भएको छ ।
विश्वका अधिकांश देशमा उडान सम्बन्धि सावधानीका उपाय अवलम्बन गरि घरेलु हवाई सेवा शुरु गरिसकेका छन । तर व्यवसायिक अन्तर्राष्ट्रीय उडान भने अझै सुचारु गरिएको छैन । यद्धपी फसेका नागरिकहरुलाई फिर्ता ल्याउनका लागि भने अन्तर्राष्ट्रीय उडानहरु चलेका छन । भारतमा पनि घरेलु हवाई सेवा शुरु भइसकेको छ भने अन्तर्राष्ट्रीय उडान सञ्चालन गर्ने तयारी चलिरहेको छ ।









































