HomeFeatureश्रमजीवि पत्रकारको पक्षमा काँग्रेस, पत्रकारको मुद्धा सरकार र सदनमा उठाउने प्रतिवद्धता

श्रमजीवि पत्रकारको पक्षमा काँग्रेस, पत्रकारको मुद्धा सरकार र सदनमा उठाउने प्रतिवद्धता

काठमाण्डौ, 20 जुलाई 2020

कोरोना भाइरस (कोभिड—१९) का कारण श्रमजिवि पत्रकार र सञ्चारमाध्यमले भोगेका समस्याको विषयमा नेपाली काँग्रेसले चासो राखेको छ । सोमबार नेपाल पत्रकार महासंघका पदाधिकारीहरुसँग काँग्रेसले कोरोना संकटको अवस्थामा जागिरबाट निकालिएका श्रमजिवि र सञ्चारमाध्यमहरुको विषयमा अन्तरक्रिया गरेको छ । जनताको आवाज बोल्ने श्रमजिविहरुको पेशागत सुरक्षाको ग्यारेण्टी हुनुपर्ने माग सहित काँग्रेसले महासंघका पदाधिकारीहरुसँग छलफल गरेको हो । काँग्रेसको तर्फबाट प्रकाशशरण महत, एनपी साउँद र चन्द्र भण्डारी लगायत नेताहरुले महासंघका पदाधिकारीहरुसँग भेट गर्नुभएको छ । नेता साउँदले श्रमजिविहरुका समस्या सरकार र सदनमा पुऱ्याउने बताउनुभयो । पेशागत सुरक्षाको ग्यारेण्टी हुनुपर्ने सन्दर्भमा नेपाली काँग्रेसले आफ्नो तर्फबाट प्रयास गरिरहेको उहाँले बताउनुभयो । अर्का नेता प्रकाशशरण महतले अहिलेको अफ्ठ्यारो अवस्थामा पत्रकारहरुलाई पेशाबाट विस्थापित गर्ने कार्यको विरोध गर्नुभयो । तत्काल जिम्मेवारीबाट हटाइएका पत्रकारहरुको पुर्नवाहली हुनुपर्ने माग काँग्रेसको रहेको उहाँले बताउनुभयो । मिडिया हाउसले पत्रकारहरुलाई पुनस्र्थापना नगर्दासम्म सरकारले कोभिडबाट परेको प्रभाव र आम जनताले भोग्नुपरेका समस्याहरुका विषयमा सत्य तथ्य रिपोर्टिङ गर्न लगाएर तलब र भत्ताको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

महासंघका अध्यक्ष गोविन्द आचार्यले जनताको आवाज बोल्ने पत्रकारहरुको जागिर नै खोसिएपछि मिडियाले जनताका समस्या कसरी बोल्छ भन्दै प्रश्न गर्नुभयो । २० औं वर्षसम्म अर्बौ नाफा कमाउने सञ्चार माध्यमहरुले अफ्ठ्यारो बेलामा कर्मचारीका लागि १, २ करोड खर्च गर्न नसकेपछि बाध्य भएर महासंघ कर्मचारी निकाल्ने सञ्चारमाध्यमहरुको दैलोमा धर्ना दिन बाध्य भएको बताउनुभयो ।

पत्रकार विकास कार्कीले अरुका समस्या बोल्ने पत्रकारले आफ्ना समस्याहरुका बारेमा बोल्न नसक्दा अहिलेको समस्या उत्पन्न भएको बताउनुभयो । कोरोनाको बेला फिल्डमा खटिएर काम गर्ने पत्रकार र फोटो पत्रकारहरुको सुरक्षाका बारेमा मिडिया मालिकहरु संवेदनशिल नभएको उहाँले बताउनुभयो । मिडिया हाउस नाफमुखि भएरपनि अहिलेको समस्या देखिएको उहाँले बताउनुभयो ।

कोरोनालाई बाहाना बनाएर अहिले धेरै सञ्चार माध्यमहरुले पत्रकारहरुलाई धमाधम जिम्मेवारी मुक्त गरिरहेका छन् । वर्षौसम्म काम गरिरहेको कर्मचारी र पत्रकारहरु समेत धमाधम जागिरबाट निकालिन थालेपछि महासंघ आन्दोलित भएको हो । धेरै सञ्चार माध्यमले कोभिडको कारण देखाउँदै आधा तलब मात्रै दिएर काम गराइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...