हिमाचल, 29 अगस्त 2020
हिमाचल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले राज्यमा नेपालीहरुलाई भइरहेको समस्या समाधान गर्ने आश्वासन दिनु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावित अटल रोहताङ सुरुङको उद्घाचन कार्यक्रम अघि सिस्सु हेलीपेडको निरीक्षण र कयौं विकास परियोजनाको लोकार्पण गर्न मनाली पुग्नु भएका मुख्यमन्त्री ठाकुरलाई भेटेर आज मूल प्रवाह अखिल भारत एकता समाज कुल्लू मनालीले नेपालीहरुलाई कुल्लू मनालीमा भइरहेको समस्याका बारेमा अवगत गराउँदै ज्ञापन पत्र बुझाएको छ । मुख्यमन्त्री ठाकुरले नेपालीहरुलाई परिरहेको समस्यामा ध्यान दिएर समाधान गर्ने आश्वासन दिएको मूल प्रवाह अखिल भारत एकता समाज कुल्लू मनालीका अध्यक्ष साईला लामाले बताउनु भएको छ । मूल प्रवाहले बुझाएको ज्ञापनमा कुल्लू मनाली र लाहौल स्पितिमा 2003 देखि पीडब्ल्युडी र नगर परिषदमा श्रमिक र मेशनका रुपमा कार्यरत मजदूरहरुलाई स्थायी गरिनुपर्ने, नेपालीहरुलाई आधार कार्ड क बैंक खाता सहजै खुल्नु पर्ने, 30-35 वर्षदेखि रहिहेका नेपालीहरुलाई लीजमा जमिन दिन अनुमति दिनुपर्ने र मतदानको आधिकार दिनुपर्ने लगायतको माग गरिएको छ ।
यस्तो छ, ज्ञापन पत्र
मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउन महिला समाजबाट मुस्कान छेत्री, सोनम, कमला, उपसचिव रवि कुमार पुन, कार्यकर्ताहरु राजन, वीर बहादुर र सुका लामा लगायत पुगेका थिए ।









































