HomeFeatureनेपालमा एकैदिन कोरोनाबाट 12 जनाको मृत्यु, अहिलेसम्म 2 सयभन्दा धेरैको गयो ज्यान

नेपालमा एकैदिन कोरोनाबाट 12 जनाको मृत्यु, अहिलेसम्म 2 सयभन्दा धेरैको गयो ज्यान

काठमाण्डौ, 29 अगस्त 2020

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या २ सय नाघेको छ । शनिबार थप १२ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा मृकको संख्या २ सय ७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३ जना महिला र ९ जना पुरुष गरी १२ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पाल्पाका ३० वर्षिया, काठमाडौंका ५१ वर्षिया र भक्तपुरको ६२ वर्षिया महिला रहेका छन । यसैगरी पर्सामा ४८ र ३९ वर्षिय, ललितपुरमा ७२ र ६१ वर्षियको पुरुषको मृत्यु भएको उहाँले बताउनुभयो । यसैगरी सिरहामा ८४ वर्षिय पुरुष, गोरखामा ३८ वर्षिय, कास्कीमा ५८ वर्षिय, काठमाडौंमा ८३ वर्षिय र भक्तपुरमा ८२ वर्षिय पुरुषको मृत्यु भएको हो ।

आज नेपालमा थप ८ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ । ११ हजार ५ सय १६ पीसीआर परीक्षण भएकोमा २ सय ४२ महिला र ६ सय ४२ मा संक्रमण देखिएको हो । नेपालमा जम्मा कोभिड संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको छ । आजसम्म पीसीआर विधिबाट ६ लाख ६९ हजार ६ सय २६ जनाको कोरोना परीक्षण भएको छ ।

देशका विभिन्न अस्पतालका आइसोलेसनमा १ सय ७५ जना संक्रमित उपचाररत रहेका छन । यस्तै २२ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन । आज देशभरी सक्रिय संक्रमितको संख्या १६ हजार ५ सय ७८ रहेको छ । प्रदेश नम्बर १ मा १ हजार २ सय २२, प्रदेश नम्बर २ मा १ हजार ९ सय २४, बागमती प्रदेशमा ४ हजार १ सय ५५ र गण्डकी प्रदेशमा ४ सय ६७ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार १ सय ४०, कर्णाली प्रदेशमा ७ सय ८ र सुदूरपश्चिम प्रदेशमा ८ सय २९ गरी जम्मा संस्थागत आइसोलेसनमा १० हजार १ सय ४५ जना रहेका छन ।

यसैगरी होम आइसोलसनमा प्रदेश नम्बर १ मा ४ सय २७, प्रदेश नम्बर २ मा ३ हजार ८ सय ४७, बागमती प्रदेशमा १ हजार ६ सय ३२ र गण्डकी प्रदेशमा १८ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ८९, कर्णाली प्रदेशमा १७ र सुदूरपश्चिम प्रदेशमा  १ सय १५ गरी देशभरी ६ हजार ४ सय ४५ जना संक्रमित होम आइसोलेसनमा रहेका छन ।

आज ३ सय १३ जना डिस्चार्ज भएका छन । प्रदेश नम्बर १ मा १ हजार ५ सय ५९, प्रदेश नम्बर २ मा ४ हजार ६ सय ७८, बागमती प्रदेशमा १ हजार १ र गण्डकी प्रदेशमा १ हजार ७ सय ३ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ७ सय ४७, कर्णाली प्रदेशमा २ हजार ३३ सय र सुदूरपश्चिम प्रदेशमा ८ हजार ८ सय ३४ जना गरी आजसम्म २० हजार ५ सय ५५ जना डिस्चार्ज भएका छन ।

क्वारेन्टिनमा ८ हजार ३५ जना रहेका छ । जसमा प्रदेश नम्बर १ मा ७ सय ३४, प्रदेश नम्बर २ मा ८ सय ९०, बागमती प्रदेशमा ७ सय २४ र गण्डकी प्रदेशमा २ हजार ३ सय ५४ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ८ सय ८१, कर्णाली प्रदेशमा ४ सय २ र सुदूरपश्चिम प्रदेशमा २ हजार ५० जना क्वारेन्टिनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...