HomeFeatureनेपालीहरुलाई फिर्ता पठाउन भारत सरकारलाई नेजस भारतको आग्रह, सकारात्मक जवाफ आएको भनाई

नेपालीहरुलाई फिर्ता पठाउन भारत सरकारलाई नेजस भारतको आग्रह, सकारात्मक जवाफ आएको भनाई

नयाँ दिल्ली, 2 मे 2020

नेपाली जनसम्पर्क समिति भारतले भारतमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश पठाउने पहल गरिदिन भारत सरकारको गृह मन्त्रालय र विदेश मन्त्रालयलाई अनुरोध गरेको छ। नेजस भारतले नेपालीहरुले अहिले भारतमा झेल्नु परेको समस्या पत्रमा उल्लेख गर्दै उनिहरुलाई बिना रोकटोक कम्तिमा सीमासम्म पुग्न दिनुपर्ने माग गरेको छ।

पत्रमा बुँदागत रुपमा भारतमा रहेका नेपालीहरुका समस्या उल्लेख गरिएको छ।

  1. भारतमा रहेका धेरैजसो नेपालीहरु दैनिक ज्यालादारीमा काम गर्ने भएकाले उनिहरुले अहिले आम्दानी गर्न नसकेकाले खानाको समस्या भएको छ ।
  2. रोजगारदाताहरुले पहिला-पहिला केही सहयोग गरेपनि अहिले सहयोग गर्न नसक्ने र आफ्नो स्थान पनि छोड्न भनेका छन ।
  3. अहिले घरभाडा तीर्न नसक्ने अवस्था रहेकाले घरधनिले दुर्व्यवहार गरिरहेका छन ।
  4. परिवारको भरणपोषणमा समस्या भएको छ । कतिपय गर्भवति महिलाले पोषणयुक्त खाना नपाउँदा गर्भ तुहिने गरेका छन ।
  5. विभिन्न कलेज, विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थीहरुलाई संस्थानहरुले नेपाल फर्किन भनिसकेका बेला लकडाउनले उनिहरु जान सकेका छैनन् ।
  6. त्यसैगरि स्वास्थ्य उपचार र तीर्थयात्रामा आएका नेपालीहरुसँग अहिले पैसा सकिएकाले उनिहरुलाई ठूलो समस्या भएको छ ।
  7. र भारतमा विभिन्न कारणले रहेका नेपालीहरु पनि जारी परिस्थितिमा नेपाल फर्किन चाहन्छन ।

विश्वका अन्य देशले भारतबाट आफ्ना नागरिकहरूको उद्धार गरिसकेका छन्। भारत सरकारले आफ्ना सबै मजदुर तथा विद्यार्थीहरूलाई उनिहरूको राज्यमा पठाउने निर्णय गरेर कार्यन्वयन गर्दै आएको छ। तर यस्तो अवस्थामा नेपाल सरकार भने नेपालीहरूको पीडाको मुकदर्शक मात्र बन्नु विडम्बना हो। भारतमा लकडाउन सुरु भएदेखि नै नेपालीहरूले रोजगारी गुमाउँदा उनिहरूलाई खाना र बस्ने बासको समेत समस्या देखा परेको छ। अब पनि भारतबाट नेपालीहरूको उद्धार गरिएन भने नेपालीहरूले भारतमा भोकमरीका कारण ज्यान गुमाउने अवस्था सिर्जना हुने निश्चित छ। तसर्थ यथाशिघ्र उनिहरूलाई नेपाल फर्कने वातावरण बनाउनको लागि नेपाल सरकारद्वारा दिल्ली दूतावासलाई निर्देशन दिइनु पर्ने माग नेजस भारतले गरेको छ।

अर्कोतर्फ नेशनल लाईभसँग कुरा गर्दै नेजस भारतका अध्यक्ष एवं नेपाली काँग्रेसका आमन्त्रीत सदस्य बालकृष्ण पाण्डेले भन्नुभयो ” विदेशी भूमिमा भोकै मर्ने अवस्थामा पुगेका लाखौं नेपाली नागरिकहरुलाई अरु केही गर्न नसके पनि आफ्नो घरसम्म जान अनुमति दिन भारत सरकारलाई अनुरोध गरेका हौं । नेपाली जनसम्पर्क समिति भारतले भारतमा रहेका नेपालीहरुको सहयोगको लागि र नेपाल सरकारले प्रवासी नेपालीहरुलाई केही नगरेको अवस्थामा भारत सरकारको गृह मन्त्रालय र विदेश मन्त्रालयलाई अनुरोध गरेका थियौ । भारत सरकारको गृह मन्त्रालयबाट बिदेश मन्त्रालयमा सहयोग गर्ने जिम्मा दिई सकेको छ र विदेश मन्त्रालयले नेपाल दूतावास र नेपाल सरकारको सहमती दिएमा सबै अलपत्र नेपाली नेपाल फिर्ता जान अनुमती दिन तयार रहेको छ। हामी दूतावास मर्फत सम्पर्क गर्दा नेपाल सरकारले अनुमति नदिएको पाइएकोले नेपाल सरकारलाई पटक पटक अनुरोध गर्दा पनि अनुमती दिएको छैन । “

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...