HomeFeatureनेपाली काँग्रेसले सडक संघर्षमा उत्रिन लागेका बेला काँग्रेस नेतृ कौसर साह नेकपामा...

नेपाली काँग्रेसले सडक संघर्षमा उत्रिन लागेका बेला काँग्रेस नेतृ कौसर साह नेकपामा प्रवेश, प्रचण्डले गराए पार्टीमा प्रवेश

काठमाण्डौ, 12 डिसेम्बर 2020

नेपाली काँग्रेसकी नेतृ कौसर साह नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नुभएको छ । शनिबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साहलाई पार्टी प्रवेश गराउनुभएको हो । साह दोस्रो संविधान सभामा नेपाली कांग्रेसको तर्फबाट संविधान सभा सदस्य रहनुभएको थियो । नेपाली कांग्रेसको राजनीतिक विचार र संगठनात्मक कार्यशैली प्रति असन्तुष्टि जनाउँदै साह नेकपा प्रवेश गर्नुभएको हो । कार्यक्रममा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षागर्ने, सुदृढ गर्ने, फुलाउने फलाउने र देशलाई आर्थिक विकास र समृद्धिको नयाँ यात्रातिर अगाडि बढाउने क्रममा विभिन्न चुनौति र समस्या आएपनि त्यसलाई सामना गर्ने क्षमता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग मात्रै रहेको बताउनुभयो । उहाँले समाजवाद उन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी र दायित्व पनि कम्युनिष्ट पार्टीकै काँधमा रहेको बताउनुभयो ।

नेकपाका वरिष्ठ नेता भाधवकुमार नेपालले जनताको मुक्तिका लागि, राष्ट्रको स्वाभिमान माथि उठाई जनतालाई सुख र समृद्धि दिने अभियानमा कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको भन्दै साहलाई स्वागत गर्नुभयो । वरिष्ठ नेता नेपालले समाजमा रहेका सबै विकृति, विसंगति, भेदभाव, अन्याय अत्याचार र थिचोमिचोलाई समाप्त पार्न सक्ने खुबी नेकपामा मात्रै रहेको बताउनुभयो ।

संविधान सभा सदस्य एवं कांग्रेस नेतृ साहसँगै युवा बुद्धिजिवि राजनकुमार झा लगायत १ सय ९ जना नेकपामा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...