HomeFeatureसरकारको कुशासनको अति भएपछि सरकारविरुद्ध विरोधमा उत्रन लागेका हौः डा. शेखर कोइराला

सरकारको कुशासनको अति भएपछि सरकारविरुद्ध विरोधमा उत्रन लागेका हौः डा. शेखर कोइराला

नयाँ दिल्ली, 13 डिसेम्बर 2020  

नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले सरकारले अति गरेपछि कोभिड-19 महामारीका बिच सडक प्रदर्शनमा उत्रन लागेको बताउनु भएको छ । कोभिड-19 बाट संक्रमित दाजुको उपचारका लागि दिल्ली पुग्नु भएका नेता कोइरालाले नेजस उत्तर भारत क्षेत्रकी अध्यक्ष सुनिता जीसी कुँवरका पिता गणेश बहादुर जीसीको निधनमा राखिएको शोकसभा कार्यक्रममा नेशनल लाईभसित कुरा गर्दै भ्रष्टाचारमा लिप्त, जनताप्रति उत्तरदायी नहुनु र सुशासन समेत नभएको सरकारले हुँदाहुँदै विपक्षी दलका नेतामाथि गरेको दमनपछि सडकमा आउन बाध्य भएको बताउनुभयो । केहीदिन अघि वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गरेको दमनपछि सरकारको रबैया अति भएको लागेर कोभिड महामारीकै क्रममा विरोध कार्यक्रम राखेको समेत उहाँले बताउनुभयो । नेपाली काँग्रेस पहिला के भएको थियो भन्ने कुरा बिर्सेर अब एक ढिक्का भएर सरकारको विरोधमा अगाडी बढ्ने समेत बताउनुभयो ।

उहाँले नेपाली काँग्रेसले सोमबार सरकारको विरोधमा देशव्यापी र नेपाली काँग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समितिहरुले विदेशमा खबरदारी लगायतका विरोधका कार्यक्रम गर्ने समेत बताउनु भयो । नेपाली जनसम्पर्क समिति भारतले भने सोमबार दिल्लीस्थि नेपाली राजदूतावास अगाडी प्रदर्शन गर्ने तयारी गरेको छ।

शोकसभामा नेता शेखर कोइरालासहित युवा नेता सन्दीप राना, नेजस भारतका सदस्यहरुले नेजस उत्तर भारत क्षेत्रकी अध्यक्ष सुनिता जीसी कुँवरका पिता गणेश बहादुर जीसीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए भने कार्यक्रममा 2 मिनेटको मौन धारण समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...