नयाँ दिल्ली, 17 अगस्त 2020
नेपाली संस्कृति परिषदको नेतृत्वमा 16 राज्यका नेपाली /गोरखा समुदायले पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीलाई उहाँको दोस्रो पुण्य तिथिमा स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। नेपाली संस्कृति परिषदले आइतबार वाजपेयीलाई स्मरण गर्दै श्रद्धाञ्जली दिन एउटा वेबिनारको आयोजन गरेको थियो। परिषदका अन्तर्राष्ट्रीय कार्याध्यक्ष अशोक चौरसियाको अध्यक्षतामा सम्पन्न यस वेबिनारमा सिक्किम सहित पुर्वोतर भारत, पश्चिम बंगाल, बिहार, युपी, दिल्ली, उत्तराखण्ड, हिमाचल प्रदेश, हरियाणा, राजस्थान, गुजरात, मध्य प्रदेश र महाराष्ट्रका नेपाली गोरखा समूदायका तर्फबाट श्रद्धाञ्जली अर्पण गरियो। यस अवसरमा पूर्व प्रधानमन्त्री बाजपेयीले नेपाली भाषा मान्यता दिलाउनुमा, तथा भारतमा बस्ने नेपाली गोरखाको सर्वाङ्गिण विकासमा दिनु भयेको योगदानहरूको स्मरण गरियो।

स्वर्गीय बाजपेयी भारतका एक महान जननेता एवं दूरदृष्टी नेता भएको स्मरण गर्दै भारत नेपाल सम्बन्ध मजबूत गर्न आफ्नो कार्यकालमा धेरै पहल गरेको परिषदका कार्याध्यक्ष अशोक चौरसियाले भन्नु भयो।
अटल बिहारी साँचै राष्ट्र र प्रत्येक भारतीयको लोकतान्त्रिक हक अनि अधिकारको रक्षक थिए भन्दै उहाँको निधनको बेला सारा देश शोकाकूल भएको र दलगत भावनादेखि माथि उठेर सबै दलका नेताहरू दिवंगत आत्मालाई नमन गरेको गुजरातका डा.खेमचन्द्र भूर्तेलले भन्नु भयो।

बाजपेयी जस्ता साहसी र मजबूत नेताले गर्दा नै भारतले पोखरण परमाणु परिक्षण गर्न सक्यो तथा सबै प्रतिरोधहरू बीच भारतलाई विश्व पटलमा एक शक्तिको रूपमा खड़ा गर्न सकेको राजस्थानका दिनेश सोनीले भन्नु भयो। मध्य प्रदेशका भूतपूर्व क्याप्टन दिलीप सिरवालले बाजपेयी एक जनप्रिय नेता रहेको भन्नु भयो।

सिक्किम की पवित्रा दाहालले बाजपेयी प्रधानमंत्री हुन्दा सिक्किमको विशेष ध्यान दिएको र धेरै विकास गरेको भन्नु भयो।

असमकी आमिया छेत्रीले भन्नु भयो बाजपेयीका पालामा नै पूर्वोत्तरको विकासलाई केन्द्रले सर्वोच्च प्रथमिकता दिएको थियो र आज मोदी सरकार त्यसै पदचिन्हमा अघि बढी रहेको छ।

कार्यक्रम पछि परिषदको केन्द्रीय टोलीको बैठक बसेको र बैठकमा 20 अगस्त आनलाईन नेपाली भाषा मान्यता दिवस राष्ट्रीय स्तरमा पालन गरिने निर्णय लिइएको मीडिया प्रभारी अशोक कसाराले बताउनुभयो। बैकठको संयोजन महाराष्ट्रदेखि अशोक कसाराले गर्नु भएको थियो भने धन्यवाद ज्ञापन मध्य प्रदेशका हर्क बहादूर स्वारले गर्नु भएको थियो। नेपालको तर्फबाट सदानन्द शर्माले श्रद्धाञ्जलि दिनु भएको थियो।









































