HomeFeatureकुर्मीको न्यायका लागि माइतीघर मण्डलामा विगत ४१ दिनदेखि धर्ना जारी

कुर्मीको न्यायका लागि माइतीघर मण्डलामा विगत ४१ दिनदेखि धर्ना जारी

काठमाडौं, 4 जनवरी 2022

नेपालगञ्जकी निर्मला कुर्मीको न्यायका लागि माइतीघर मण्डलामा विगत ४१ दिनदेखि धर्ना जारी छ । महिला अधिकार मञ्च बाँकेको अगुवाइमा माइतीघर मण्डलामा अधिकारकर्मी रुबी खानलगायतसहित पीडितका आफन्त धर्नासहित रिले अनशनमा बसेका हुन् । पीडितले न्याय नपाएसम्म अनिश्चितकालीन धर्नामा बस्ने उनीहरूले बताएका छन् । उनीहरूले निर्मला र नकुन्नी धोबी हत्या प्रकरण छानबिन समितिले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्न तथा निर्मला कुर्मीको घटनामा सुरुदेखि अनुसन्धान गर्न माग गरेका छन् । यस्तै, बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएसपी मधुसुदन न्यौपानेले अभियुक्तलाई संरक्षण गरेको भन्दै उनीहरूलाई अविलम्ब विभागीय कारबाही गर्न पनि पीडित पक्षले माग गरेका छन् । अधिकारकर्मी रुवी खानले यसअघि आफुहरुलाई सरकारले आश्वासन मात्र दिएको र निष्पक्ष छानविन नभएकाले धर्नामा बसेको जानकारी दिनुभयो । यसअघि धर्नामा गृह मन्त्रालयको टोली पुगेपनि अधिकारकर्मीको अवस्था बुझ्न मात्र गएको बताएको थियो । बेपत्ता पारिएकी निर्मलाको न्यायका माग गर्दै विगत लामो समयदेखि आन्दोलन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...