HomeFeatureनेपाल क्रिकेट संघको साधारण सभा अनिश्चितकालका लागि स्थगित

नेपाल क्रिकेट संघको साधारण सभा अनिश्चितकालका लागि स्थगित

काठमाडौं, 25 अगस्त 2020

भदौ दोस्रो साताका लागि तोकिएको नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा अनिश्चितकालका लागि स्थगित भएको छ। क्यानले मंगलबार विज्ञप्ती जारी गर्दै भदौ दोस्रो साताका लागि तोकेको साधारण सभा कोरोनालाई कारण देखाउँदै स्थगित भएको जानकारी गराएको हो। क्यानका सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्तिमार्फत साधारणसभा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको जनाउनुभएको हो। विश्वव्यापी फैलिएको कोरोना भाइरस र सरकारले एक सातादेखि लगाएको निषेधाज्ञाका कारण भदौमा तय भएको क्यानको वार्षिक साधारणसभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ। गत साउन पहिलो साता बसेको क्यान कार्यसम्पादन समितिको बैठकले भदौ दोस्रो हप्ताभित्रै साधारणसभा गर्ने निर्णय गरेको थियो। स्थगित साधारणसभा आईसीसीसँगको समन्वय र सहज वातावरण पछि मिति तय गर्ने विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...