HomeFeatureहिमाली र पहाडी जिल्लाहरुमा आन्तरिक उडानको तयारी भइरहेको छ: पर्यटनमन्त्री योगेश भट्टराई

हिमाली र पहाडी जिल्लाहरुमा आन्तरिक उडानको तयारी भइरहेको छ: पर्यटनमन्त्री योगेश भट्टराई

काठमाडौं, 25 अगस्त 2020

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना संक्रमण कम भएका हिमाली र पहाडी जिल्लाहरुमा आन्तरिक उडानको तयारी भइरहेको बताउनुभएको छ। देशका धेरै ठाउँमा निषेधाज्ञा जारी भएका कारण तत्काल पूर्ण रुपमा उडान सुचारु गर्ने अवस्था नभएपनि केही हिमाली र पहाडी जिल्लामा सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो। मन्त्रालयको गत आर्थिक वर्षको वार्षिक प्रगति पुस्तिका सार्वजनिक कार्यक्रममा मन्त्री भट्टराईले वायु सेवा सञ्चालकहरुसँग केही हिमाली र पहाडी जिल्लाहरुबाट आन्तरिक उडान सुचारु गर्ने विषयमा कुरा भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘देशका विभिन्न ठाउँहरुमा निषेधाज्ञाको अवस्था भएकाले तत्काल चल्ने अवस्था छैन । तर मन्त्रालयले केही हिमाली र पहाडी जिल्लाहरुबाट सञ्चालन गर्न सकिन्छ भनेर कुरा गरिरहेको छ। वायु सेवा सञ्चालकहरु सँग कुरा गरेर निष्कर्षमा पुग्छौँ ।  मन्त्री परिषदमा प्रस्ताव लगेर छिट्टै उडान सुरु गर्ने तिर जान्छौँ ।’’उहाँले सम्भवतः दशै तिहारलाई मध्यनजर गर्दै आन्तरिक उडान सुरु हुने संकेत गर्नुभयो। चाडबाडको बेला नागरिकहरुलाई एक ठाउँबाट अर्को ठाउँमा जान सहज हुने कुरामा सरकारले सकारात्मक भएर सोच्ने उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘दशै तिहार लगायतका चाडबाडलाई मध्यनजर गर्दै उडान सुरु हुने अपेक्षा गरेका छौँ। एक ठडाउँबाट अर्को ठाउँमा सहज ढंगले जानुपर्छ भन्ने कुरामा सरकारले सोच्नेछ ।’’आन्तरिक उडानमा स्वदेशी र विदेशी नागरिकलाई भाडादरमा समानता गर्ने विषयमा पनि मन्त्रालय सकारात्मक रहेको उहाँले बताउनुभयो। भाडादरका विषयमा अध्ययन गर्न कार्यदल नै गठन भएको उल्लेख गर्दै उहाँले कार्यदलको सुझाव अनुसार वायु सेवा कम्पनीहरुसँग सहमति गरेर एकरुपता ल्याउने प्रयास गरिने बताउनुभयो। नियमित उडानमार्फत विदेशमा अलपत्र नागरिकहरुलई भदौ १६ गतेबाट नियमित उडान मार्फत ल्याइने उहाँले बताउनुभयो। तत्काल दैनिक ५ सयभन्दा नबढ्ने गरी अलपत्र नागरिकलाई स्वदेश ल्याउने उल्लेख गर्दै उहाँले यात्रुमा संक्रमणको अवस्था न्यून देखिए र सरकारले बनाएको मापदण्ड पालना भए सँख्या बढाइने बताउनुभयो। कोरोना महामारी सुरु भएपछि ५२ हजार नागरिकहरुलाई विभिन्न देशबाट नेपाल ल्याइएको उहाँले बताउनुभयो। करिब २० हजार यो अवधिमा नेपाल बाहिर गएका छन। चार्टर्ड उडानहरु व्यवस्थित हुन नसकेको स्वीकार गर्दै मन्त्री भट्टराईले बाध्यतामा हुने उडानले गर्दा केही समस्या देखिएको बताउनुभयो। चार्टर्ड उडानहरुको संख्या घटाउँदै भदौ १६ गतेबाट नियमित उडानको अभ्यास सुरु गर्न कार्यतालिका सार्वजनिक भएको उहाँले बताउनुभयो। त्यसपछि परिस्थिति हेरेर नियमित उडानको तयारी थालिने छ। नेपाल वायुसेवा निगमको कुल सम्पत्ती ५४ अर्ब १७ करोड रहेको उहाँले बताउनुभयो।

निगमलाई उदृत गर्दै मन्त्री भट्टराईले ४५ अर्ब ९४ करोड ऋणमा निगम रहेको बताउनुभयो। उहाँले चिनियाँ जहाजहरु नेपाली आकाशमा उठाउन उपयुक्त नदेखिएकाले ग्राउण्डेड गर्नुपरेको समेत बताउनुभएको छ। अनुदानमा प्राप्त भएका र निगमले खरिद गरेका जहाजहरुको सम्पूर्ण पक्ष विश्लेषण गर्दा जहाजहरु नेपाली आकाशमा उडाउन उपयुक्त नदेखिएको उहाँले बताउनुभयो। निगमले विभिन्न कमिटीहरु बनाएर विमानहरुको विषयमा अध्ययन गर्दा नेपाली आकाशमा उडाउन उपयुक्त नभएको निष्कर्ष निकालिएको उल्लेख गर्दै मन्त्री भट्टराईले त्यसको उपयुक्त विकल्प के हुन सक्छ भनेर अर्थमन्त्रालयसँग राय मागिएको बताउनुभयो। चीनसँगको कुटनीतिक सम्बन्ध र नेपालले तिनुपर्ने बाँकी रकमलाई समेत मध्यनजर गर्दै अर्थमन्त्रालयको राय आएपछि निर्णय हुने उहाँले बताउनुभयो । राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थल निर्माणका लागि अहिलेसम्म ६० हजार रुखको गणना भइसकेको उहाँले बताउनुभयो। वनमन्त्रालय लगायतका निकायहरुसँग समन्वय अभावले काम प्रभावित भएको उहाँले बताउनुभयो। पोखरा विमानस्थल तोकिएकै समय (३० जुन)मा सम्पन्न हुने उहाँले बताउनुभयो। भैरहवा विमानस्थलमा कोरोनाका कारण कामदार आउन नसक्दा समस्या भएको उहाँको भनाई छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...