काठमाडौं, 16 मार्च 2023
बाङ्लादेशको राजधानी ढाकामा नेपाल-बाङ्लादेश कला संस्कृति उत्सव शुरू भएको छ। नेपाल-बाङ्लादेशबीच दौत्य सम्बन्ध स्थापनाको ५०औं वर्षको अवसरमा कला संस्कृति उत्सव आयोजना गरिएको हो।
बाङ्लादेशस्थित नेपाली राजदूतावास र नेपाल-बाङ्लादेश फ्रेन्डशिप सोसाइटीले आयोजना गरेको उत्सवमा दुवै देशका चित्रकार, सङ्गीतकार, कलाकार र फोटोग्राफर सहभागी भएका छन्।नेपालबाट पनि २० सदस्यीय टोली उत्सवमा सहभागी भएको छ। चित्रकारहरू नगेन्द्रप्रसाद पौडेल, एससी सुमन, अनुराधा थापा, रामपूजन ठाकुर, उजय बज्राचार्य, फोटोपत्रकार विकास रौनियार लगायतको सहभागिता छ।
शिल्पकला एकेडेमीको कलादीर्घामा सञ्चालन भइरहेको बृहत् चित्रकला फोटोग्राफीको प्रदर्शनीमा नेपाली चित्रकार २६, फोटोग्राफर ६, बाङ्लादेशका चित्रकार ३० र फोटोग्राफर २० जनाका कलाकृति राखिएको छ।









































