HomeFeatureनेपाल राष्ट्रको एकीकरणमा आदिकवि भानुभक्त आचार्यको महत्वपूर्ण योगदानः योगेश भट्टराई

नेपाल राष्ट्रको एकीकरणमा आदिकवि भानुभक्त आचार्यको महत्वपूर्ण योगदानः योगेश भट्टराई

काठमाण्डौ, 13 जुलाई 2020

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल राष्ट्रको एकीकरणमा आदिकवि भानुभक्त आचार्यको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । पृथ्वी नारायण शाहले अनेक राज्यलाई एक बनाएर गरेको नेपाल एकीकरणमा लागि आदिकवि आचार्यले भाषा साहित्यको माध्यमबाट महत्वपूर्ण योगदान गरेको उहाँले बताउनुभयो । भानु जयन्तीका अवशरमा प्रज्ञा प्रतिष्ठानले गरेको कार्यक्रममा सम्बोधन गर्दै उहाँले नेपाल भाषा, साहित्यको माध्यमबाट राष्ट्रको एकीकरण गर्ने एक अभियन्ता भानुभक्त आचार्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘पृथ्वी नारायण शाहले अनेक समूहमा रहेका राज्यर्लाइ एक बनाएका थिए । भूगोलको एकीकरणमात्रै राष्ट्रको एकीकरण हुँदैन भाषा साहित्य पनि त्यसको महत्वपूर्ण पक्ष हो । नेपाली भाषा र साहित्यको माध्यमबाट राष्ट्रको एकीकरण गर्नेक अभियन्ता भानुभक्त आचार्य हुन ।’’ भाषा र साहित्य कुनै एक समुदाय, जात र धर्मको मात्रै हुने नभई समग्र मानज सभ्यताको प्रतिनिधित्व गर्ने उहाँले बताउनुभयो ।

प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले साहित्य पर्यटनलाई मुलुकको समृद्धिसँग जोडेर अगाडी बढ्नुपर्ने बताउनुभयो । आदिकवि आचार्यसँग जोडिएका विभिन्न ठाउँहरुलाई जोडेर साहित्य पर्यटनको माध्यमबाट अगाडी बढ्न सके मुलुकको समृद्धिमा त्यसले सहयोग पु¥याउने उहाँले बताउनुभयो ।

जन्म जयन्तीका अवशरमा रानीपोखरी नजिकको भानुको शालिकमा माल्र्यापण गरेर भानुको सम्मान गरिएको छ । देश तथा नेपाली भाषीहरको बाहुल्यता रहेका देशबाहिरका क्षेत्रमा समेत आदिकवि आचार्यको २०७ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ । वि.स. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा मनाइन्छ । सोमबार नै नेपाली बृहत शब्दकोषको मोबाइल एप समेत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...