HomeFeatureनेपाल सरकारको लापरवाहीका बिच अमेरिकाको आफ्ना नागरिकप्रति दायित्वबोध, नेपालबाट फिर्ता लग्यो आफ्ना...

नेपाल सरकारको लापरवाहीका बिच अमेरिकाको आफ्ना नागरिकप्रति दायित्वबोध, नेपालबाट फिर्ता लग्यो आफ्ना नागरिक

काठमाण्डौ, 1 अप्रेल

सीमामै पुगिसकेका आफ्ना नागरिकलाई भित्र्याउन नसकेको नेपालबाट आज सात समूद्र पारी रहेको अमेरिकाले आफ्ना सयौं नागरिकलाई विशेष विमान गरि फिर्ता लगेको छ ।

भारतका विभिन्न स्थानमा रहेका मजदूर नेपालीहरु लकडाउनपछि ज्यान जोगाउन विभिन्न समस्या झेल्दै सीमासम्म पुगेपनि नेपाल सरकारले उनिहरुका लागि आफ्नो सीमा नखोल्दा झनै समस्या खेपिरहेका छन ।

भारत पसेका आफ्ना नागरिकलाई नेपाल पस्न नदिएको भन्दै आफ्नै नागरिकबाट पनि आलोचना खेप्दै आएको नेपाललाई अमेरिकाले गरेको यो कदम ठूलो झटारो हो ।

अमेरिकाले विमानमा वृद्ध, बालबालिका र अस्वस्थ व्यक्तिहरुलाई प्राथमिकता दिएको छ । तर त्यसको ठीक विपरित नेपाल-भारतका विभिन्न सीमामा दूधे बालक, गर्भवति महिलासहितका नेपालीहरु अलपत्र परेका छन। विभिन्न मिडीया, सामाजिक सञ्जाल र दिल्लीस्थित नेपाली दूतावास मार्फत नेपाल सरकार अलपत्र परेका नेपालीहरुको दूरदशाप्रति अवगत रहेपनि उसले मुकदर्शक बन्नु बाहेक अरु केही गरेको छैन ।

अलपत्र परेका मध्ये अधिकांश नेपालीहरुको भारतीय पक्षले व्यवस्थापन गरिरहेको छ भने अधिकांश नेपालीहरु अझै जीवन-मरनको पर्खाई गरिरहेका छन । उनिहरुले आफ्नो देशमा पसेर क्वारेन्टाइनमा बस्न तयार रहेको समेत भनिरहेका बेला सरकार भने उनिहरुलाई फिर्ता लिन मानिरहेको छैन ।

कोविड-19 महामारीलाई मध्यनजर गर्दै हजारौं अमेरिकी नागरिकहरु आज नेपालबाट फर्किएका हुन। अमेरिकी सरकारले आफ्ना नागरिकहरुलाई कतार एयरवेजको विमानबाट फिर्ता लगेको हो । 302 अमरीकी यात्रुलाई बोकेर विमान काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलबाट वाशिंगटन डीसीका लागि उडान भरेको हो ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार देशमा अहिलेपनि 3 हजारदेखि 4 हजार अमेरिकी नागरिक रहेका छन । तर उनिहरुले नेपाल छोडने अनुमति मागेका छैनन ।

नेपालमा 5 जनामा कोरोना भाईरसको संक्रमणको पुष्टि भएको छ, त्यसमध्ये 1 जना उपचारपछि घर फिर्ता भएका छन ।

अमेरिकी सरकारले अफ्ना नागरिकप्रति निभाएको दायित्वबाट नेपाल सरकारले आज सिकेन भने केही समयपछि कोरोना भाइरसबाट त हामी उम्कन सफल होउला तर नेपाल सरकारले गरेको यो लापरवाहीलाई जनताले भने कहिलै भुल्ने छैनन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...