काठमाण्डौँ, 1 अप्रेल 2020
नेपाल आयल निगम लिमिटेडले तेलको मूल्य घटाएको छ। कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।
1 अप्रिल 2029 मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले राति 12 बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल/मटितेलको साविकको खुद्रा बिक्री मूल्य प्रतिलिटर 10 रुपैयाँले घटाएको छ ।
काठमाडौंको लागि पेट्रोलको खुद्रा बिक्री मूल्य 96 रुपैयाँ कायम भएको छ भने र डिजेल र मटितेलको खुद्रा बिक्री मूल्य 85 रुपैयाँ प्रतिलिटरमा झरेको छ।









































