HomeFeatureनेविसंघद्वारा बिधिवत र लोकतान्त्रीक प्रकृयाबाट अधिवेशन गर्न अनुरोध

नेविसंघद्वारा बिधिवत र लोकतान्त्रीक प्रकृयाबाट अधिवेशन गर्न अनुरोध

काठमाडौं, 31 जनवरी 2022

नेपाल बिद्यार्थी संघले बिधिवत र लोकतान्त्रीक प्रकृयाबाट अधिवेशन गर्न अनुरोध गरेको छ । सोमबार कांग्रेस पार्टी कार्यालय सानेपामा पुगेका उपत्यकाभित्रका नेविसंघ आवद्ध बिद्यार्थीहरुले छिटो भन्दा छिटो संघको अधिवेशन गर्नका लागि अनुरोध गरेका हुन् । उनीहरुले रिक्त र अपूर्ण रहेको संघको केन्द्रीय समिति पूर्णरुपमा गठन गर्न पनि अनुरोध गरेका छन् । नेविसंघ आवद्ध बिद्यार्थी विनोदराज जोशीले नेविसंघभित्र देखिएका समस्या समाधान गर्नका लागि आग्रह गर्नुभयो । उहाले कांग्रेस र कांग्रेसका नेताहरु आफुहरुको अभिभावक भएको र संघको अधिवेशन नहुँदा निष्कृष देखिएको बताउनुभयो । उहाले छिटो भन्दा छिटो अधिवेशन गरेर संघलाई गतिशिल प्रदान गर्न आग्रह गर्नुभयो । सो क्रममा नेविसंघका पूर्वअध्यक्ष एवं कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसको बिधानले गरेको व्यवस्था अनुसार छिटो अधिवेशन हुनुपर्ने बताउनुभयो । उहाले बिधानको अक्षेरक्ष पालना गर्नका लागि पार्टीको बैठकमा ध्यानाकर्षण गराउने उल्लेख गर्नुभयो । नेविसंघको अधिवेशन बिभिन्न कारणले समयमै हुन सकेको छैन । कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट भातृसंगठनको अधिवेशनको मिति तोक्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...