HomeFeatureवामदेव गौतमले लिए ओली र प्रचण्डलाई मिलाउने जिम्मा, पार्टी एकता गराउन राष्ट्रिय...

वामदेव गौतमले लिए ओली र प्रचण्डलाई मिलाउने जिम्मा, पार्टी एकता गराउन राष्ट्रिय अभियानको घोषणा

ललितपुर, 27 जनवरी 2021

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेव गौतमले विभाजित पार्टीलाई एकता गराउने भन्दै एकता राष्ट्रिय अभियानको घोषणा गर्नुभएको छ । बुधबार ललितपुरको धोबिघाटमा कार्यक्रम गरी उपाध्यक्ष गौतमले विभाजित नेकपालाई एकता गराउनको निम्ति नेकपा एकता राष्ट्रिय अभियानको घोषणा गर्नुभएको हो । नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्ष र केपी शर्मा ओली पक्षमा राजनीतिक रुपमा विभाजित भएपनि गौतम तटस्थ रहदै आउनुभएको थियो । आफु एकताको पक्षमा रहेको सार्वजनिक अभिव्यक्ति दिदैँ गर्नुभएका गौतमले बुधबारदेखि औपचारिक रुपमै एकता अभियान घोषणा गर्नुभएको हो । उपाध्यक्ष गौतमले पार्टी विभाजनको पक्षमा कोही नभएको भन्दै शक्ति निर्माण गरेर दुई पार्टीलाई एक बनाइछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । शिर्ष नेताहरु विभाजित भएपनि पार्टीका दोस्रो र तेस्रो तहका नेताहरु एकता भंग भएकोमा चिन्तित रहेको भन्दै उहाँले आफुले संयोजन गरेर दोस्रो, तेस्रो तहका नेताहरुलाई अघि बढाउने बताउनुभयो । ६ महिनाभित्र पार्टी एकता गराईसक्ने उपाध्यक्ष गौतमले दाबी गर्नुभयो । ६ महिना अघि नै एकता हुनसक्ने पनि उहाँको भनाई छ ।
उपाध्यक्ष गौतमले प्रचण्ड–नेपाल र ओली पक्षधरलाई आफ्नो पक्षमा ल्याउने बताउनुभयो । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको पक्षमा फैसला गरेपनि आफुहरुले उक्त फैसलालाई शिरोधार्य गर्ने उहाँको भनाई छ । वैशाखमा चुनाव भए राम्रो उम्मेदवार छानेर भोट हाल्ने भन्दै संसद पुर्नस्थापना भयो भने पार्टी एकीकरण गराउन समय समेत प्राप्त हुने उहाँले बताउनुभयो । प्रतिनिधि सभा पुर्नस्थापना भए पार्टी एकता जोगाउन सकिने भएकोले आफ्नो भित्रि धारणा प्रतिनिधि सभा पुर्नस्थापनाको पक्षमा रहेको बताउनुभयो ।

उपाध्यक्ष गौतमले नेकपालाई विभाजन गर्न अध्यक्षद्धय ओली र प्रचण्डको बराबरी भूमिका रहेको बताउनुभयो । पार्टी एकताको महत्वपूर्ण आधार नै आलोपालो भएको भन्दै गौतमले २०७५ मंसिर ४ गते अध्यक्ष प्रचण्डलाई कार्यकारी भूमिका दिएपछि पार्टी एकता गर्दाको सहमती अनुसार आलोपालो प्रधानमन्त्री प्रचण्डले छाड्नु नै पार्टी विभाजनको सुरुवात भएको बताउनुभयो ।

उपाध्यक्ष गौतमले अर्को पार्टी बनाउँछन् भन्ने शन्देश गएको भन्दै आफुहरुले अर्को पार्टी नबनाएको स्पष्ट पार्नुभयो । सर्वोच्चमा परेको मुद्दा फैसला हुने बित्तिकै ओली र प्रचण्ड पक्षका नेताहरुपनि आफुहरुसँग मिसिन आउने उहाँको दाबी छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...