HomeFeatureपर्यटन क्षेत्रलाई खुल्ला गर्न पर्यटन व्यवसायीहरुको दवाब, चरणवद्ध आन्दोलनमा जाने चेतावनी

पर्यटन क्षेत्रलाई खुल्ला गर्न पर्यटन व्यवसायीहरुको दवाब, चरणवद्ध आन्दोलनमा जाने चेतावनी

काठमाण्डौ, 16 जुलाई

सरकारले पर्यटन क्षेत्रलाई नखोले चरणवद्ध आन्दोलनमा जाने पर्यटन व्यवसायीहरुले बताएका छन् । पर्यटन क्षेत्रबाहेकका सबै क्षेत्र खोलिसक्दा पनि पर्यटन क्षेत्रलाई बन्द गरिएको भन्दै विस्तारै खोल्ने नीति नलिए आगामि सातादेखि चरणबद्ध आन्दोलनमा जाने व्यवसायीहरुले बताएका छन् । ‘टुरिजम अम्ब्रेला एसोसिएसन’ले बिहीबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा पर्यटन व्यवसायीहरुले सरकारले पर्यटन क्षेत्रलाई तत्काल खोल्न नचाहेको बताउँदै विस्तारै खोल्ने नीति नलिए आन्दोलनमा जाने चेतावनी दिएका हुन् । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टसका अध्यक्ष अच्युत गुरागाईले पर्यटन क्षेत्रलाई विस्तारै खोल्दै जाने नीति नलिए आगामी सातादेखि चरणवद्ध आन्दोलनमा जाने बताउनुभयो ।

एयरलाइन्स अपरेटर एसोसिएसन अफ नेपालका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले स्वास्थ्य सुरक्षाको सावधानीका उपायहरु अपनाएर आन्तरिक र बाह्य उडानलाई खोल्नुपर्ने बताउनुभयो ।

होटल संघ नेपालका उपाध्यक्ष विनायक शाहले एशिया प्रसान्त क्षेत्रका धेरै देशहरुले पर्यटन क्षेत्रलाई खोलिसकेको अवस्थामा नेपालले नखोले पछाडि पर्ने बताउनुभयो । उहाँले कोभिड १९समस्या तुरुन्तै समाधान नहुने भएकाले कोभिड सँगै जीउने गरी पर्यटन क्षेत्रलाई खोल्नुपर्ने बताउनुभयो ।

व्यवसायीहरुले हवाई सेवा समग्र पर्यटन गतिविधिको आधार भएकाले सन २०२० अगष्ट १ देखि आन्तरिक हवाई उडान र अगष्ट १५ देखि अन्तराष्ट्रिय उडान नियमित तालिका अनुसार सुचारु गर्न माग गरेका छन् । त्यस्तै पर्यटकीय सवारी साधनहरु स्वास्थ्य सुरक्षा सम्बन्धी उपायहरु पालना गरी निर्वाध रुपमा सञ्चालन गर्न दिन र पर्यटकीय क्षेत्र, गन्तव्य, सेवा तथा बजारीकरणका आधारहरु विस्तारै सुचारु गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...