HomeFeatureपश्चिम सिक्किममा किशोरीको हत्याको आरोपमा 19 वर्षिय सञ्जित राई पुलिसको पञ्जामा, कडा...

पश्चिम सिक्किममा किशोरीको हत्याको आरोपमा 19 वर्षिय सञ्जित राई पुलिसको पञ्जामा, कडा सजाय दिन माग

गेजिङ ११ अगस्त,केएन  शर्मा

पश्चिम सिक्किमकी २० वर्षिया किशोरीलाई छुरी हाने निर्ममतासित मारेपछि हत्याको आरोपमा 19 वर्षीय युवकलाई पुलिसले पक्राउ गरेको छ। तिकजेक निवासी कुश हाङमा सुब्बाको हत्याको आरोपमा गेजिङ पुलिसले १९ वर्षिय सञ्जित राईलाई हिरासतमा राखेर मामिलाको छानबिन शुरु गरेको पुलिसले बताएका छन्। उक्त घटना पश्चिम सिक्किमको याङथाग निर्वाचन क्षेत्र अन्तर्गत तिक्जेक नयाँ बस्ती माने डाँडामा सोमबार भएको थियो। युवतीको शरीरमा धारिलो छुरीले प्रहार गरिएको अनि सडक मुनि फालिएको अवस्थामा भेटिएको थियो। स्थानीय दुईजना युवाहरुले कुश हाङमा सुब्बालाई दर्दनाक अवस्थामा देखेपछि उनीहरूले ती युवतीलाई गेजिङ जिल्ला अस्पतालमा उपचारको लागि पुर्यादएका थिए। तर डाक्टरले उनलाई मृतक घोषित गरे। गेजिङ अस्पतालले सम्बन्धित पुलिसलाई हत्याको आशंका गर्दै जानकारी दिएपछि पुलिस जाँचमा जुटेको थियो। फलस्वरूप पुलिसले हत्याको पछाडि स्थानीय लाङगाङ गाउँका लाङ्गाङ निवासी १९ वर्षिय सञ्जित राईलाई उनकै घरबाट पक्राउ गरि पुलिस हिरासतमा लिएको छ।

घटना थाहा पाएपछि पुलिसले सोमबार रातीनै आरोपीलाई पक्राउ गर्न सफल बनेको हो। पक्राउ परेका युवालाई पुलिसले हिरासतमा लिएर सोधपुछ गरिरहेको छ। आरोपी विरुद्ध पुलिसले ३०२ अन्तर्गत हत्याको मामिला दर्ता गरेका छन्। पहिलो दृष्टिमा हत्याको पछाडि प्रेम प्रसंग देखिँदैछ। जानकारी अनुसार मृतक किशोरी र आरोपी केटा-केटी प्रेम सम्बन्ध थिए। बिचमा केही कारणबस उनीहरूको प्रेम सम्बन्ध बिच्छेद बन्यो। फेरि केटाले केटी प्रेम सम्बन्धलाई पुण: जोड्ने कोशिशमा झगडा भएको अनि यसैबीच केटाले केटीलाई छुरी प्रहार गरि मारेको कुरा पुलिसले आरोपीको बयानका आधारमा बताएका चन्। यद्यपि अहिले पनि यस घटना लिएर पुलिसले गहन जाँच गर्दै आरोपीलाई हिरासतमा केरकार गरिरहेको छ।
अर्कोतिर मृतककी आमा मनमाया सुब्बाले आफ्नो छोरीको निर्मत हत्या भएको अनि हत्यारालाई कडा दण्ड दिनुपर्ने माग राखेकी छन्। उनलेे मिडियासित कुराकानी गर्दै भनिन् मोबाइलको कबर फेर्न बजार गएकी छोरी सद्दे फर्किनन् । आफ्नो छोरीको निर्मम हत्या भएपचि पिडित बनेका माया सुब्बाले कान्छी छोरी गुमाउनु परेको गुनासो राख्दै छोरीको हत्या गर्ने हत्यारालाइ कडा दण्ड दिनुपर्ने माग गरेकी छन् ।

उनले छोरीको मृत्युपछि बोल्दै भनिन् म आफै पनि बिरामी परेको र छोरीको पनि बजारमा काम भएकोले गर्दा बजार गएका थियौं , म अस्पतालमा जाँच गरिसके पछि छोरीले पनि आफ्नो कलेज भर्नाको लागी फारम भरी सकेर हामी दुवै घर फर्कियौं तीन बजी घर आइपुगे पछि छोरीले मोबाइलको कभर उल्टा आएछ म साटेर आइहाल्छु भन्दै फेरि बजार गएकी छोरी फर्किन । छ बजी तिर छोरीलाई हतियारले लागेर अस्पतालमा छ भन्ने सुइँको सुनाए पछि आफुलाई पहिले छोरीले भनेको कथाले यथार्थमा अब छोरी सद्दे घर आउदिनँ भन्ने थाहा भएको बताउछिन् । आफ्ना तीन छोरा-चार छोरी मध्ये कान्छी छोरीको यसरी हत्या भयो म अति नै दुखित छु भनि बिलौना गरिन्। त्यो केटाको कथा मलाई कान्छी छोरीले भन्थ्यो,मैले त्यो केटालाई परिक्षा समय सारै डिस्टप गर्यो र छोडिदिए भनेको थिइ छोरीले तर त्यो हत्यारा पनि कहिलेकाही हाम्रो घरमा आउथ्यो भात खान्थ्यो तर छोरीलाई यसो गर्ला भन्ने बिश्वास थिएन भन्दै यस्तो अपराधीलाई कडा कानुनी कारवाही गरि मृतकको आत्मालाई शान्ति गराइदिने माग गरेकी छन् । परिवारीक सूत्रबाट थाहा लागे अनुसार उक्त बालिका टिएनएबाट यसै वर्ष कक्षा १२ उर्तीण गरि कलेजको निम्ति अनलाइन फारम भर्ने बजार आएको बताएका छन। हत्याको पोस्टमर्टम गान्तोकमा मात्र हुने भएको आज मृत देह गान्तोक लगिएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...