काठमाडौं, 6 अप्रेल 2021
पूर्वप्रधानसेनापति अर्जुन नरसिंह राणाको निधन भएको छ । नेपाली सेनाका पूर्वप्रधानसेनापति राणाको आइतबार निधन भएको हो । छाउनी अस्पतालमा राणाको ९१ वर्षको उमेरमा निधन भएको अस्पताल स्रोतले जनाएको छ । राणा २०४० देखि २०४४ सालसम्म नेपाली सेनाको सेनापति थिए । कोरोनाको उपचार गर्न अस्पताल पुगेका राणाको निमोनियाले निधन भएको अस्पताल स्रोतको दाबी छ । उनकी श्रीमती र छोराको निधन भइसकेको छ ।









































