HomeFeatureभारतले सीमामा बनाउन लागेको तटबन्धको सरकारले अनुगमन गर्ने, भारतसँग पनि कुरा राख्यो

भारतले सीमामा बनाउन लागेको तटबन्धको सरकारले अनुगमन गर्ने, भारतसँग पनि कुरा राख्यो

काठमाण्डौ,5 अप्रेल 2021

दार्चुला जिल्लाको नेपाल भारत सीमामा भारतले बनाउदै गरेको तटबन्धको सरकारले अनुगमन गर्ने भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा समय लिएर बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दुई देशको सीमा नजिक भारत सरकारले तटबन्ध बनाउँदै गरेको विषयबारे सरकारलाई सूचना आएको र त्यसको अनुगमन गरिने बताउनुभएको हो । प्रतिनिधीसभाको अघिल्लो बैठकमा सांसद दिलेन्द्र प्रसाद बडूले भारतले सिमाक्षेत्रमा एकतर्फी रुपमा तटबन्ध बनाईरहेको भन्दै त्यसबारे सरकारलाई जानकारी भए नभएको प्रश्न गर्नुभएको थियो । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै मन्त्री ज्ञवालीलले तटबन्ध निर्माणको विषयमा भारतसरकारसँग गम्भीरतापुर्वक छलफल गरेको र संयुक्त रुपमा स्थलगत अनुगमन गर्ने निष्कर्षमा सरकार पुगेको बताउनुभयो । आगामी अप्रिल १२ अर्थात् चैत्र ३० गते दुवै देशका नापी टोलीले स्थलगत अध्ययन गर्ने उहाँले जानकारी दिनुभयो ।

उहाँले म्यानमारमा विकसित घटनप्रति नेपाल सरकारको गहिरो चासो र चिन्ता रहेको बताउनुभयो । लोकतान्त्रिक नेताहरुलाई नियन्त्रणमा लिएर त्यहाँको सेनाले शासन सत्ता लिएपछि नेपालले प्रेस विज्ञप्ती मार्फत आफ्नो धारणा सार्वजनिक गरेको पनि उहाँले बताउनुभयो ।  उहाँले बिमस्टेक बैठकमा दुईपक्षीय विवादका विषय वा कुनै देशका घटनाको बारेमा छलफल गर्न नमिल्ने भएकाले म्यानमारको विषय बैठकमा प्रवेश नभएको स्पष्ट पार्नुभयो । सांसदहरुले विमस्टेक बैठकमा म्यानमारको विषयमा किन छलफल नभएको भनी प्रश्न गरेका थिए ।

उहाँले वर्तमान सरकारका प्रधानमन्त्रीले विश्वासको मत लिनुनपर्ने दाबी गर्नुभयो । उहाँले सर्वोच्च अदालतको फैसला र त्यसबाट उत्पन्न स्थिति संविधानको धारा १ सय को २ संग जोड्न नमिल्ने तर्क गर्नुभयो ।

बैठकमा नेकपा माओवादी केन्द्रका सांसद देव गुरुङले सरकारले  संविधानको धारा १ सय को २ अनुसार ३० दिन भित्र विश्वासको मत लिनुपर्ने धारणा राख्नुभएको थियो ।

यसअघि विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद देवेन्द्र कँडेलले पनि सरकार गठनका बेला एमालेले विश्वासको मत नलिएकाले संसदले नेकपा एमालेलाई नचिन्ने भएकाले पार्टी विभाजनको स्थितिमा प्रधानमन्त्रीले संविधान अनुसार विश्वासको मत लिनुपर्ने धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...