काठमाडौं, 1 फरवरी 2022
सुनिल स्मृति गाउँपालिका-६ गजुलमा ८२ वर्यीय पूर्वमन्त्री एवं रोल्पाका राजनीतिज्ञ रेगबहादुर सुवेदीको निधन भएको छ। आज बिहान उनकै निवासमा निधन भएको गाँउपालिका अध्यक्ष गुणेन्द्र घर्तीले जनाएका छन्। रोल्पाबाट पटक पटक राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएका सुवेदी सहायक मन्त्रीसम्म भएका थिए। लामो समय जिल्ला पञ्चायत सभापति भएका सुवेदीले २०३४ सालमा राष्ट्रिय पञ्चायतको चुनाव जितेका थिए। सशस्त्र द्वन्द्वका बेला तत्कालिन विद्रोही माओवादीले उनलाई तीन महिना अपहरण गरेका थियो। २०४६ सालको राजनीतिक परिवर्तनपछि राप्रपामा सक्रिय रहेका सुवेदी पछिल्लो समय नेपाली कांग्रेसका थिए। उनी २०३९ सालमा सूर्यबहादुर थापा प्रधानमन्त्री भएका बेला भूमिसुधार सहायक मन्त्री बनेका थिए भने २०४३ सालमा मध्य क्षेत्र भूमिसम्बन्धी उच्चस्तरीय आयोगको अध्यक्ष भए।









































