HomeFeatureपोखरामा आयोजना हुने ए डिभिजन राष्ट्रिय फुटसल लिग हुने

पोखरामा आयोजना हुने ए डिभिजन राष्ट्रिय फुटसल लिग हुने

ललितपुर, 7 सितम्बर 2021

असोज पहिलो साताबाट पोखरामा आयोजना हुने ए डिभिजन राष्ट्रिय फुटसल लिगको उद्घाटन खेलमा द राइजिङ क्लब, धरान र स्काई गोल्स काठमाडौंबीच प्रतिस्पर्धा हुने भएको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको टाइसिट ‘ड्र’बाट सार्वजनिक गरिएको तालिकामा द राइजिङ क्लब र स्काई गोल्स काठमाडौंले प्रतिस्पर्धा गर्ने भएका हुन । यस्तै दिनको दोस्रो खेल स्पोर्ट्स क्यासल पोखरा र प्रभातफेरी युथ क्लबबीच हुनेछ। असोज २ गतेदेखि २२ गतेसम्म पोखरास्थित बहुउद्देश्य कभर्डहलमा हुने प्रतियोगितामा १० टोली सहभागी हुनेछन । जसमा बागमती प्रदेशबाट ४ सहित अन्य प्रदेशबाट ६ टोलीको सहभागिता हुनेछ । खेल २०÷२० मिनेटको हुनेछ । खेल राउन्ड रोबिन लिग ढाँचामा आयोजना हुनेछ । एक आपसको प्रतिस्पर्धापछि शीर्ष चारमा अटाएका टोलीले इलिमिनेटर क्वालिफायर खेल्नेछन् । शीर्ष दुई टोलीबीचको प्रतिस्पर्धाबाट जित निकाल्ने टोली सोझै फाइनल प्रवेश गर्नेछ भने पराजित टोलीले तेस्रो र चौंथो स्थानका टोलीबीचको विजेता टोलीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । २१ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै उत्कृष्ट पिभोट (मिडफिल्डर)÷आला (विंगर), फिक्सो (डिफेन्डर), प्रशिक्षक, उदीयमान खेलाडी र गोलरक्षकले समान २५ हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...