HomeFeatureऐतिहासिक तथा पूरातात्विक सम्पदा काष्ठमण्डपको छानो छाउने काम सुरु

ऐतिहासिक तथा पूरातात्विक सम्पदा काष्ठमण्डपको छानो छाउने काम सुरु

काठमाडौं, 7 सितम्बर 2021

काठमाडौंको बसन्तपुरस्थित ऐतिहासिक तथा पूरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको छानो छाउने काम सुरु गरिएको छ । २०७२ साल बैशाख १२ गते आएको विनाशकारी भूकम्पले ध्वस्त बनाएको सो सम्पदाको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेपछि छानो छाउने काम सुरु गरिएको हो । सातौं शताब्दीमा बनेको सो सम्पदामा मौलिक प्रविधिकै प्रयोग गरेर झिंगटीको छानो छाउने काम सुरु गरिएको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिनु भयो । उहाँले सो सम्पदाको पुनर्निर्माणको काम सम्पन्न गर्न अझै केही महिना लाग्ने पनि स्पष्ट पार्नु भयो । समितिले पूरानै मौलिकतालाई कायम राखेर सो सम्पदा पुनर्निर्माणको काम सम्पन्न गरेर विश्वलाई नै नमूना उदाहरण पेश गर्न सक्षम हुने दावी समेत गरेको छ ।

समितिका अध्यक्ष शाक्यले भन्नु भयो, ‘यो सम्पदाको पुनर्निर्माणको काम नियमित भईरहेको छ । यो काम अव अन्तिमतिर आईरहेको छ । अव हामीले झिंगटी छाउने काम गरिरहेका छौं । अव यो काम सम्पन्न गर्न अझै केही महिना लाग्छ । काष्ठमण्डपको ऐतिहासिकतालाई बचाएर यसको पुनर्निर्माण हुन्छ । काष्ठमण्डप आफैंमा काठमाडौंको ठूलो मौलिक सम्पदा हो । सातौं शताब्दीमा बनेको काष्ठमण्डप यसको मौलिकतालाई बचाएर पुनर्निर्माण गर्नु ठूलो उपलब्धि हो । यो सम्पदा पूरानै प्रविधिबाट निर्माण गर्नु विश्वकै लागि नमूना हो ।

हालसम्म यो सम्पदाको पुनर्निर्माणका लागि ११ करोड ५० लाख रुपैया खर्च गरिएको छ । काठमाडौं महानगरपालिकाको अनुदान सहायतामा भईरहेको पुनर्निर्माणको काम छिटो सम्पन्न गरी उद्घाटन गर्ने योजना तय गरिएको समितिका अध्यक्ष शाक्यले बताउनु भयो ।काठैकाठको प्रयोग, झिंगटीको छाना, चारकुने इँटका गरा, लेसाइलो मोटाको लिपाई र मिहिन बुट्टा कुँदिएका काठको विशाल संरचना थियो–काष्ठमण्डप । समितिले सोही मौलिक प्रविधिको उपयोग गरी यसको पुनर्निर्माण गरेकाले काम सम्पन्न गर्न समय लागेको पनि स्पष्ट पारेको छ । करिव १९ करोड लागत अनुमान गरिएको सो ऐतिहासिक तथा पूरातात्विक महत्वको सम्पदाको पुनर्निर्माणको काम अव छिट्टै सक्ने समितिको योजना छ । सोही योजना अनुसार छानो छाउने कामलाई सुरु गरिएको समितिका अध्यक्ष शाक्यले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...