गोवा, 26 मार्च 2021
जनता समाजवादी पार्टी नेपालको भारतस्थित जनवर्गीय संगठन प्रगतिशील नेपाली समाज समिति भारत गोवा प्रदेश विस्तारित बैठकले धनबहादुर श्रीपालीको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संगठनका केन्द्रीय अध्यक्ष प्रकाश नेपालीको प्रमुख आतिथ्यता र केन्द्रीय महासचिव लोकेन्द्र सेर्पालीको विषेश उपस्थितिमा कार्यक्रम सम्पन्न भएको बैठकले अध्यक्षमा धनबहादुर श्रीर्पाली , उपाध्यक्षमा रमेश खड्का , हेमराज बिसी, चित्रा सारु मगर , सचिवमा अर्जुन कार्की सहसचिवमा रविना चन्द , चन्द्र सेर्पाली , कोषाध्यक्षमा किसन ओझा , संगठनको प्रवक्तामा डुक्खु चौधरीलाई , चयन गरेको छ ।
त्यस्तै सदस्य हरुमा, मनोज थापा, विरु वली , झरन परियार , रुपा थापा मगर , दुर्गा भट्ट , सन्जु सेर्पाली , सुरेस सेर्पाली , अशोक नेपाली , रवि सेर्पाली , भिम बि.सी , प्रेम चौंधरी ओपेन्द्र शाही , जङ्गम दर्लामि मगर , केसवराज वली , उदय प्रसाद देवकोटा , मिना कुमारी लाखे , बिजय शाही , मिलन मगर, र सल्लाहकार परिषद अध्यक्ष उदय सेर्पाली , चयन भएका छन ।

कार्यक्रममा प्रमुख अतिथि प्रकाश नेपालीले देशमा भैरहेको काँग्रेस र कम्युनिस्ट पार्टीहरुका राजनीतिक गतिविधले हामी प्रवासमा बस्ने नेपालीलाई दुखि मात्रै बनाएको बताउँदै अहिलेको संघीयता समानुपातिक समावेशी लोकतान्त्र धराशायी पार्न खेलमा वर्तमान ओली सरकारबाट भैरहेको र उहिलेको उपलब्धिको रक्षाका लागि सम्पुर्ण प्रवासी नेपालीहरु एक भएर लाग्नुपर्ने धारणा राख्नुभयो । अर्का विषेश अतिथि एंव भारतीय जलसेना रिटाएर अफिसर प्रेस क्लब गोवाका अध्यक्ष अनन्त जोशीले विगत देखि वर्तमान सम्म निरन्तर रुपमा आफू सधैं नेपाल र नेपाली नागरिक प्रति साहानुभुति रहेको बताउनुभयो । त्यस्तै सो संगठनका केन्द्रीय सचिवालय सदस्य गोवा प्रदेश इन्चार्ज दिवाकर शर्माले प्रवासमा भैपरिआउने चुनौतीपूर्ण अवस्थामा सबै नेपाली दाजुभाइ एका-कार भएर लाग्नुपर्ने बताउनुभयो । अर्का विषेश वक्ता संयुक्त गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापा पुनले नन्दकला बचाउ अभियानमा गोवामा अवस्थित सबै नेपाली दाजुभाइले सक्दो सयोग गर्नु धारणा राख्नुभयो । कार्यक्रममा संगठनका महासचिव लोकेन्द्र सेर्पालीले नव निर्वाचित नयाँ कार्यसमितिलाई शुभकामना तथा बधाई दिनुभएको थियो। बैठकको संचालन गोवा प्रदेशका सह इन्चार्ज हुमाकान्त आचार्यले गरेका थिएभने स्वागत मन्तव्य सचिव अर्जुन कार्कीले गर्नुभएको थियो ।
कार्यक्रममा केन्द्रीय सचिवहरु जनक आहुजि, प्रेम सेर्पाली, सह इन्चार्ज हिरा तिवारी, केन्द्रीय सल्लाहकार रमेश खड्का , गोवा बस संचालक समितिका सदस्य बसन्त चौहान, झरण परियारले मन्तव्य राखेका थिए । कार्यक्रमको आफ्नो प्रतिबद्धता जाहेर गर्दै सो संगठनका गोवा प्रदेश अध्यक्ष ,धनबहादुर श्रीपालीले प्रदेशमा भैपरिआउने कुनै पनि समस्याहरुलाइ समाधान गर्न आफ्नो संगठन लागिपर्ने, तर त्यसका लागि हामी विचको एकता हुनजरुरी भएको बताए त्यसका साथै उनले नन्दकला बचाउअभियानमा आफ्नो नेतृत्वको संगठन लागि पर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।









































