HomeFeatureप्रचण्डले भने समर्थन फिर्ता लिन्छौ, घोक्राएर पार्टी फिर्ता बोलाइएको माधव नेपालको तर्क

प्रचण्डले भने समर्थन फिर्ता लिन्छौ, घोक्राएर पार्टी फिर्ता बोलाइएको माधव नेपालको तर्क

काठमाण्डौ, 27 मार्च 2021

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकदुई दिनमा सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउनुभएको छ। बृहत नागरिक आन्दोलनले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नैतिक र राजनीतिक ढंगले सरकारलाई दिएको समर्थन फिर्ता लिन धेरै दिन पर्खिन नसक्ने बताउनुभयो। केही दलहरुबाट हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबरजस्त दबाव रहेको बताउँदै अबको राजनीति जतासुकै गएपनि आफूले सरकारलाई दिएको समर्थन फिर्ता लिन धेरै दिन कुर्न नसक्ने बताउनुभएको हो । तर अहिलेको राजनीतिक सङ्कटको निकासका लागि संसद विघटन पछि सडकमा भएका दलहरुबीच न्यूनतम सहमति होस र सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वासको प्रस्ताव दर्ता एकैपटक होस भनेर नै अहिले सम्म दाह्रा किटेर समर्थन कायम राखेको बताउनुभयो ।

उहाँले भन्नुभयो हामीलाई हिजो असंवैधानिक र अलोकतान्त्रिक कदम भनेर सडकमा भएका साथिहरुले मलाई हत्त र पत्त समर्थन फिर्ता नलिग है भनेर जबरजस्त दबाब छ म माथि । जबरजस्तै छ । मैले नाम चाहिं भन्दिन कसैको हत्त र पत्त समर्थन फिर्ता लिइस भने झन उल्टो पर्छ है भन्ने छ । मैले भनिराखेको छु नैतिक र राजनीतिक ढङ्गले म अव धेरै दिन पर्खिन सक्दिन । मैले जुन सरकारलाई प्रतिगामी भनेको छु त्यसलाई मैले समर्थन गर्न सक्दिन चाहे राजनीति जतासुकै जाओस । मैले मेरो राजनीति र मेरो नैतिकतालाई मैले बचाउनु पर्दछ । म केही दिन भित्र नै त्यो प्रक्रिया अगाडि बढाउँछु । तर मेरो कोशिस के हो त भने कमसेकम यो परिवर्तित परिस्थितिमा प्रमुख राजनीतिक दलहरु जसले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनेर सडकमा गयौं ति राजनीतिक दलहरुको बीचमा अवको निकास बारे एउता न्यूनतम सहमति र समझदारी होस । अविश्वासको प्रस्ताव दर्ता गर्ने र समर्थन फिर्ता सँगसँगै होस भन्नको निम्ति मात्रै मैले दाह्रा किटेर समर्थनलाई एक दुई दिन रोकेको मात्रै हो । 

कार्यक्रममा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई घोक्रयाएर पार्टीमा फर्काइएको टिप्पणी गर्नुभएको छ। अदालतको फागून २३ गतेको निर्णयलाई संकेत गर्दै नेता नेपालले आफूलाई प्रतिगमनकारी केपी ओलीकै पार्टीमा जान बाध्य पारिएको र त्यहाँ बस्न अप्ठेरो लागिरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो दुःखका साथ भन्नुपर्छ अहिलेका हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट जुन प्रतिगमनकारी कदम चालियो त्यसको विरुद्धमा तपाइहरु संघर्षको मैदानमा हुनुहुन्थ्यो । आज म अप्ठेरो महसुस गर्दैछु त्यही पार्टीमा मलाई फेरी सार्वोच्च अदालतले घोक्रयाएर पठाईदिएको छ । सर्वोच्च अदालतले विचित्रको फैसला गरेको छ । तर त्यसबाट आफू नडराउने पनि प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो हामी पुरानो ठाउँमा फर्किन खोजिरहेका छौं । तर बिडम्बना भन्न पनि कस्तो गाह्रो छ भन्दा यो पार्टी भित्रको कुरा फेरी डबलीमा आएर भन्यो माधव नेपालले भनेर फेरी अर्को आरोप लाग्ला त्यसपछि कुन दिन मलाई घोक्रयाएर त्यहाँबाट पनि निकाल्दिने स्थिति बन्ला । त्यस्ता कुराबाट डराउनेवाला माधाव नेपाल होइन ।उहाँले कांग्रेस र जसपाको साथ रहेसम्म ओली सरकार रहिरहने पनि बताउनुभयो ।  उहाँले भन्नुभयो महन्तजीको र मिनेन्द्रजीको दया कृपा रहेसम्म यो सरकार रहिरहन्छ ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले कम्युनिष्ट पार्टीहरुले नै केपी ओलीको सरकारलाई समर्थन गर्ने तर दोश आफूहरुमाथि लाग्ने गरेको बताउनुभयो । ओली सरकारमा भएका कारण आफूहरुका माग पुरा गराउन ओलीसँग कुरा गरेको पनि प्रष्ट पार्नुभयो । उहाँले आफ्नो दलले माओवादी केन्द्रको विरोध नगरेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो अहिले स्वार्थको लडाई भइरहेको छ कम्युनिष्ट पार्टी भित्र । त्यसमा हामीलाई किन उ गर्ने । तपाई अविश्वासको प्रस्ताव भन्नुहुन्छ । आफ्नो पार्टीमा अविश्वासको प्रस्ताव ल्याएर त्यसको समाधान गर्नुहोस न । त्यो भइरहेको छैन ।उहाँले प्रचण्डको र आफूहरुको पीडा फरक रहेको पनि बताउनुभयो ।

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले केपी शर्मा ओली नेतृत्वको सरकारलार्ई कांग्रेसले विश्वासको मत दिन नसक्ने बताउनु भएको छ। उहाँले ओली प्रधानमन्त्री भएकै दिन देखि नै आफूहरुले विश्वासको मत नदिएको बताउनुभयो । त्यसैले प्रधानमन्त्री ओली विश्वासको मत लिन संसदमा आए कांग्रेसले मत दिन नसक्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो हामीहरुले कुनैपनि हालतमा प्रमुख प्रतिपक्षी दलले अविश्वासको प्रस्ताव जहाँसुकैबाट जसरी आएपनि अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्छ । अहिलेका प्रधानमन्त्रीसँग प्रधानमन्त्री भएकै दिनदेखि हाम्रो विश्वास छैन ।तर अहिले प्रधानमन्त्री ओली गठबन्धनको सरकार बनाउने भन्दापनि संसदको ठूलो दलको हैसियतमा धारा ७६(३) अनुसारको सरकार बनाएर प्रतिनिधि सभा विघटन गरी चुनावमा जाने मनसायमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो प्रधानमन्त्रीलाई ७६ को २ मा बसिराख्न मन छैन । प्रधानमन्त्रीलाई ७६ को ३ मा अथवा ५ मा पुग्ने हतार छ । ७६ को ५ को पनि उहाँलाई हतार छैन ७६ को ३ भनेको सबैभन्दा ठूलो राजनीतिक दलको नेताका रुपमा विश्वासको मत प्राप्त नगरेर पनि प्रधानमन्त्री हुने र ७६ को ५ को प्रधानमन्त्री बहुमतको प्रधानमन्त्री हुन नसक्ने अवस्थामा ७६ को ७ को प्रावधानलाई ७६ को ३ को प्रधानमन्त्रीले पनि प्रयोग गर्न सक्ने त्यो चाहनालाई उहाँले गम्भिरतापूर्वक लिनुभएको छ र हेर्नुभएको छ । र त्यता मुलुकको राजनीति जाओस भन्ने उहाँको चाहना छ । भन्ने हामीलाई लागेको छ । हाम्रो अनुमान गलत हुन सक्छ । तपाईहरुकोबीचमा हामीले के राख्नुपर्छ भने यो एसेस्मेन्टलाई पनि गम्भिरतापूर्वक हेरिदिनुहोस । र त्यसमा हामीले अघि प्रचण्डजीले इङ्गीत गर्नुभयो कि विश्वास फिर्ता लिदाखेरी ७६ को २ प्रधानमन्त्रीलाई सरकारमा सहभागि दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिन बाध्य हुनुहुन्छ । विश्वासको मत उहाँले पाउनुहुन्न । तर आजको दिनमा प्राविधिक रुपमा राजनीतिक रुपमा केपी शर्मा ओलीसँग संसदको बहुमत पनि छैन केपी शर्मा ओलीको विपक्षमा प्राविधिक रुपमा बहुमत पनि छैन । राजनीतिक रुपमा बहुमत छ प्राविधिक रुपमा बहुमत छैन । त्यसको राजनीतिक फाइदा लिनका लागि उहाँ बस्नुभएको छ त्यसलाई एउटा समयसम्म त्यो फाइदा नप्राप्त गर्नुहोस भन्ने हाम्रो चाहना छ ।

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...