HomeFeatureप्रचण्ड-माधव पक्षद्वारा थप आन्दोलनका कार्यक्रमको घोषणा, माघ १३ देखि 21 गतेसम्म विरोध...

प्रचण्ड-माधव पक्षद्वारा थप आन्दोलनका कार्यक्रमको घोषणा, माघ १३ देखि 21 गतेसम्म विरोध कार्यक्रम

काठमाण्डौ, 25 जनवरी 2021

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा पार्टीको केन्द्रीय संघर्ष समितिले पत्रकार सम्मेलन गरी पार्टीको थप आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । आन्दोलनको कार्यक्रमहरुमा २०७७ माघ १३ गते सिट्ठी जुलुश, माघ १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा संविधानसभाका सदस्य, राष्ट्रिय सभा सदस्य र विघटित प्रतिनिधि सभाका सांसद र प्रदेश सभाका सदस्यहरु सहितको दैनिक धर्ना कार्यक्रम हुने केन्द्रीय संघर्ष समितिकी सह–संयोजक पम्फा भुसालले जानकारी दिनुभयो । त्यसैगरी, माघ १६ गते शहिद दिवसको अवसरमा जुलुससहित सहिदहरुप्रति श्रद्धाञ्जली कार्यक्रम राखिएको छ भने देशभर विभिन्न विरोध सभा र आन्दोलनको घोषणा गरिएको छ । माघ १५ गते बुटवलमा, माघ १६ गते बिराटनगरमा र माघ १७ गते धनगढीमा बृहत जनसभा हुने र ति सभाहरुमा पार्टी अध्यक्षद्धय तथा बरिष्ठ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रदेशका राजधानीहरुमा विशिष्ट प्रकारका ठोस कार्यक्रमहरुको निरन्तरता दिने, समाजका विभिन्न तह र तप्काका मानिसहरुसँग अन्र्तक्रिया आयोजना गरिने भएको छ । माघ २२ गते काठमाडौँमा युवा ¥याली, माघ २६ गते देशव्यापी मशाल जुलुश तथा माघ २८ गते काठमाडौँमा बृहत बिरोध प्रदर्शन तथा सभा हुने केन्द्रीय संघर्ष समिति सह–संयोजक भुसालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...