HomeFeatureप्रचण्ड–माधव पक्षले गरेको क्षतिको क्षतिपुर्ति सरकारले गर्छः ईश्वर पोखरेल

प्रचण्ड–माधव पक्षले गरेको क्षतिको क्षतिपुर्ति सरकारले गर्छः ईश्वर पोखरेल

काठमाण्डौं, 5 फेब्रुअरी 2021

उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षका सचिवालय सदस्य ईश्वर पोखरेलले नेकपा प्रचण्ड–माधव पक्षले बिहिबार गरेको आम हड्तालमा भएको क्षतिको सरकारले क्षतिपुर्ति गर्ने बताउनुभएको छ ।  शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षले काठमाडौँमा आयोजना गरेको जनसभामा बोल्दै उपप्रधानमन्त्री पोखरेलले बिहिबारको आम हड्तालमा भएको क्षतिको क्षतिपुर्ति सरकारले गर्ने बताउनुभएको हो । काठमाडौँमा तोडफोड भएको ट्याक्सीको क्षतिपुर्ति सरकारले गर्ने उहाँको भनाई छ । उहाँले जनतालाई दुख दिने, लुट्ने लगायतको क्षतिको पनि सरकारले क्षतिपुर्ति गर्ने पनि बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले आफुहरुको लडाइ अराजकताविरुद्ध भएको बताउनुभयो । आफुहरु मुलुकलाई आर्थिक समृद्धितर्फ जान नचाहानेहरुको विरुद्ध, मुलुकलाई अस्थिरतातर्फ लैजाने दुस्प्रयासको विरुद्ध लडाइ लडिरहेकोले लडाइँलाई कमजोर हुन नदिने उहाँको भनाई छ । उपप्रधानमन्त्री पोखरेलले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को आधिकारिकता आफुहरुले पाउने दाबी गर्नुभयो । केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाको आधिकारिकतालाई कसैले तोड्न नसक्ने उहाँको भनाई छ । सुर्य चिन्ह ओलीले नेतृत्व गरेको नेकपाले प्राप्त र सुर्य चिन्ह लिएर जनताको ताजा जनमतमा जाने पनि उहाँको भनाई छ ।

उपप्रधानमन्त्री पोखरेलले आजको ठाउँमा आइपुग्न नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बिगतदेखिकै अवसरवाद जिम्मेवार रहेको बताउनुभयो । जतिसुकै छलछाम र षड्यन्त्र गरेपनि आर्थिक समृद्धिको यात्रालाई कमजोर बनाउन नसक्ने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...