काठमाडौं, 6 जून 2022
लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले प्रदेशको बजेट ३७ अर्ब भन्दा माथिको नबनाउने बताउनुभएको छ । ३५ अर्ब रकम प्रदेशमै भएको र त्यसलाई केही बढाएर लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७९।०८० को लागि बजेट ३७ अर्बसम्मको बनाइने उहाले बताउनुभयो । सोमबार बुटवलमा रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाले ठूलो आकारको बजेट भन्दा खर्च हुने आकारको सानो बजेट आउने बताउनुभयो । उहाले कृषि, स्वास्थ्य र शिक्षालाई केन्द्रमा राखेर बजेट बन्ने र कृषिमा ९० प्रतिशत अनुदान कटौत नगरी कृषकहरुलाइृ सहुलियत ऋणको व्यवस्था गरिने जानकारी दिनुभयो ।लोकप्रीयता हासिल गर्ने गरी बजेट ल्याउन नहुने बताउंदै उहाले ठूलो आकारको बजेट कार्यान्वयन नहुने भएकाले प्रदेशको सम्वृद्वि हुने गरी खर्च हुने खालको बजेट ल्याउनु पर्ने तर्क गर्नुभयो ।









































