HomeFeatureप्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन

प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन

काठमाण्डौ, 1 सितम्बर 2021

महिला उद्यमीहरुको ५ औँ अन्तर्राष्ट्रिय व्यापार मेला भर्चुअल माध्यमबाट शुरु भएको छ । महिला उद्यमी महासंघ नेपालले आयोजना गरेको महिला उद्यमीहरुको ५ औँ अन्तर्राष्ट्रिय व्यापार मेलाको बुधवार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको हो । भर्चुअल माध्यमबाट मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले महिला उद्यमीहरुको समस्या सरकारले सुन्ने बताउनुभयो । उहाँले सबैको सहकार्यमा नेपालको अर्थतन्त्रमा देखिएको शिथिलतालाई अन्त्य गर्नुपर्ने बताउनुभयो । मुलुकको समग्र विकासका लागि उद्यमीहरुलाई प्रोत्साहन गर्नुपर्ने र त्यसनिम्ति सरकार तयार रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘तपाई हामी सबैको सहकार्यमा अर्थतन्त्रमा देखिएको शिथिलतालाई अन्त्य गर्नुपर्छ । सरकारले तपाइहरुको समस्या सुन्नेछ । सरकारले नीजि क्षेत्रको सहकार्यमा कोरोनापछिको अर्थतन्त्रलाई पुर्नउत्थान गर्नेछ । मुलुकको समग्र विकासका लागि उद्यमीहरुलाई प्रोत्साहन गर्नैपर्छ । सरकारले उद्यमीहरुलाई सहयोग गर्न तत्पर छ ।’ महिला उद्यमी महासंघकी प्रथम उपाध्यक्ष निरु रायमाझी खत्रीले महासंघले विगत चार वर्षदेखि भौतिक उपस्थितिमा प्रदर्शनी गर्दै आएको भएपनि यसवर्ष कोरोना संक्रमणको महामारीका कारण भर्चुअल माध्यमबाट गर्नुपरेको बताउनुभयो । मेलामा हस्तकला, कृषि र खाद्य, व्यापार, सेवा चार किसिमका वस्तुहरुको प्रदर्शनी हुने उहाँले जानकारी दिनुभयो । भर्चुअल माध्यमबाट हुने प्रदर्शनीमा महिला उद्यमीहरु सहभागी हुने र अनलाइन मार्फत् महिला उद्यमीले उत्पादन गरेका सामग्रीहरुको प्रचार प्रचार गरिने उहाँले बताउनुभयो । मेला भदौँ २१ गतेसम्म चल्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...