काठमाण्डौँ, 18 अप्रेल
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-19) बाट सङ्क्रमित युवतीको उपचारमा संलग्न चिकित्सकहरू टोलीलाई बधाई दिनुभएको छ। आज ट्वीट गर्दै उहाँले कोरोना भाइरसबाट पूर्णरुपमा स्वस्थ भई घर फर्किएकी ती युवतीको आरोग्यताको कामनासहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बद्ध सबैलाई बधाई तथा धन्यवाद दिनुभएको छ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा 27 दिनको उपचारपश्चात् पूर्ण स्वस्थ भई काठमाडौँकी 19 वर्षीया युवती आज घर फर्किएकी हुन्। उनिभन्दा अगाडि एकजना उपचारपश्चात् पूर्ण स्वस्थ भई घर फर्किएका छन्।









































