HomeFeatureप्रधानमन्त्री मोदीको देशवासीलाई सम्बोधन, कोरोनाविरुद्धको लडाईमा आइतवार राति दियो बाल्न आह्वान

प्रधानमन्त्री मोदीको देशवासीलाई सम्बोधन, कोरोनाविरुद्धको लडाईमा आइतवार राति दियो बाल्न आह्वान

नयाँ दिल्ली, 3 अप्रेल 2020

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले 5 अप्रेलको राति 9 बजेको समयमा 9 मिनेटसम्म घरमै बसेर दियो जलाउन आह्वान गर्नु भएको छ ।

शुक्रबार विहान देशवासीका नाममा सम्बोधन गर्दै मोदीले कोरोना भाइरसको अन्धकारलाई चुनौती दिन 130 करोड भारतीयलाई दियो, मोमबत्ति, टर्च र मोबाइलको फ्ल्यास लाईट जलाउन आह्वान गर्नुभएको हो ।

उहाँले सबै लाइट बन्द गरेर चारैतिर सबै व्यक्तिले दियो बाल्दा कोरोनाको अन्धकारलाई हामी कोरोनासँग एकसाथ लडिरहेका छौं भन्ने महसुस हुने र हामी एक्लै छैनौं भन्ने सन्देश जाने बताउनुभयो ।

सम्बोधनका क्रममा मोदीले दियो बाल्दा घरमै बस्न र सामाजिक दुरीको लक्ष्मण रेखा ननाघ्न अनुरोध गर्नुभएको छ । मोदीले 130 करोड भारतीयको महासंकल्पलाई यसले नयाँ उचाईंमा लैजाने भन्दै लकडाउनमा मानिसहरु घरमा एक्लै भए पनि 130 करोड भारतीयको महाशक्ति हरेकको साथमा रहेको बताउनुभयो ।

प्रधानमन्त्री मोदीले लकडाउन भएको अहिले 9 दिन भएपनि यस दौरान सबैले अनुशासनको अभूतपूर्व परिचय दिएको बताउनुभयो  ।  यद्धपी उहाँले लकडाउन बढ्ने/ नबढ्ने बारे भने केही बोल्नु भएन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...