HomeFeatureदूतावासको भूमिकाप्रति भारतका प्रवासी संगठनको आक्रोश बढ्दै, दूतावास भूमिकाविहीन बनेको आरोप

दूतावासको भूमिकाप्रति भारतका प्रवासी संगठनको आक्रोश बढ्दै, दूतावास भूमिकाविहीन बनेको आरोप

नयाँ दिल्ली, 3 अप्रेल, सुभाष बस्नेत

भारतमा कोरोना भाइरस महामारीको रोकथामका लागि गरिएको लकडाउनका कारण नेपालीहरुको समस्या जटील बन्दै गएपछि अब विभिन्न प्रवासी संगठनहरुले भारतमा रहेको नेपाली दूतावासको भूमिकाप्रति प्रश्न गर्न थालेका छन । भारतभरि नेपालीहरुको दयनीय अवस्थालाई मध्यनजर गर्दै अहिले प्रवासी नेपाली संघ भारत, तमीलनाडु पुदुच्चेरी संयुक्त राज्य समितिले नेपाली दूतावासलाई लेखेको ध्यानाकर्षण पत्रमा भारतमा नेपालाहरुको अवस्था र समस्याप्रति दूतावास गैर-जिम्मेवार बनेको भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “कोरोना महामारीको रोकथामका लागि नेपाल र भारत सरकारले गरेको लकडाउनको स्वागत गर्दछौं तर वर्तमान परिस्थितिमा दूवावास औपचारिकता पुरा गरि पञ्छिन मिल्दैन । ” प्रवासी नेपालीहरुको समस्यामा पहिलेबाटै भूमिकाविहीन बन्दै आइरहेको भारतमा रहेको नेपाली राजदूतावासले थप सक्रियता देखाउन र जिम्मेवारी बहन गर्न आवश्यक देखिएको विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस यस्तो रहेको छ ध्यानाकर्षण पत्र,

राजदूतलाई लेखिएको ध्यानाकर्षण पत्रमा, नेपालीहरुको समस्या समाधानका लागि नेपाली राजदूवासको नेतृत्वमा प्रवासी नेपाली जनसंगठनका नेतृत्वलाई समावेश गरि “पीडित प्रवासी नेपाली पहिचान र सहयोग समिति भारत” नामक एउटा संयन्त्र बनाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...