HomeFeatureप्रधानमन्त्री र काँग्रेस सभापति देउबाबिच भेटवार्ता

प्रधानमन्त्री र काँग्रेस सभापति देउबाबिच भेटवार्ता

काठमाण्डौ, 23 जुलाई 2020

प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाबीच बिहीवार भेटवार्ता भएको छ। देशमा बढ्दो कोरोना संक्रमण र लकडाउन खुल्ला गरिएको सन्दर्भमा कांग्रेस सभापति देउवाले बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुभएको हो ।

देउबाले कोरोना भाइरसको सामना र नियन्त्रण गर्नका लागि विशेष रणनीति निर्माण गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या बढीरहेको र अहिलेसम्म ४३ जनाको कोरोनाका कारण मृत्यु भइसकेको भन्दै लकडाउन खुलेपछिका चुनौती सामना गर्न नयाँ र विशेष रणनीति बनाउन सभापति देउवाले सुझाब दिएको कांग्रेसले जनाएको छ।

भेटमा सभापति देउवाले विदेशमा अलपत्र नेपालीको तत्काल उद्धार गर्न माग गर्नुभएको छ। उहाँले पीसीआर विधिबाट मात्रै परीक्षण गर्न र क्वारेन्टिनलाई थप व्यवस्थित गराउन समेत माग गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...